काठमाडौं- शनिबार मात्रै कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले मध्यावधि निर्वाचन रोक्न सांसदहरूको सामूहिक अठोटले आफू नेतृत्वमा सरकार गठन भएको बताए।
मुख्यमन्त्री नियुक्त भएपछि विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै आफू मुख्यमन्त्री भएकोमा पार्टीले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे।
‘धारा १६८ (५) को व्यवस्था अनुसार नयाँ सरकार बनेको हो। त्यसकारण सबैभन्दा पुरानो पार्टी, संविधान मान्ने पार्टी र संविधानवादमा विश्वास गर्ने पार्टीले संविधानसम्मत गरेको काम कारबाहीलाई सकारात्मक रुपमा लिन्छ भन्ने मलाई लाग्छ’, उनले भने।
कतिपय कदम अस्वाभाविक जस्तो देखिए पनि नतिजा आइसकेपछि स्वाभाविक पार्टीले आत्मसात् गर्ने उनको भनाइ थियो।
कार्कीले आइतबार पद तथा गोपनियताको शपथ लिँदैछन्। त्यसै दिन केही मन्त्रीहरू पनि नियुक्त गर्ने तयारी गरिएको आशय उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।