• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओझेलमा पर्दै स्थानीय सीप

64x64
रासस शुक्रबार, असोज २६, २०८०  १५:३०
1140x725

ढोरपाटन– पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन्। आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन्।

‘पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ। महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे। त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो’, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने। उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताए।

अहिले आफ्नै घरमा पनि प्लास्टिकका नाङ्लो र गाग्री प्रयोग गर्न थालेको घर्तीमगरको भनाइ थियो। प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएका उनले बताए।

आफ्नो पालामा नुन, भाँडाकुँडा र लत्ताकपडाबाहेक अन्य सामान बाहिरबाट नल्याएको स्मरण गर्दै पछिल्लो समय गाउँमा सबैले आयातित सामान प्रयोग गर्ने गरेका घर्तीमगरको भनाइ थियो। अहिले पनि केही बूढापाकाले चोयाबाट सामग्री बनाउने गरेका भन्दै उनले आधुनिक सामग्रीको प्रयोगका कारण ती बिक्री नहुने बताए। ‘आफूहरू दसैं, माघेसङ्क्रान्ति र चैते दसैंका बेला दर्जनौँ डोका, नाङ्लो बोकेर बजारमा बिक्री गर्न जाने गरिन्थ्यो। फर्किदा घरमा चाहिने सामान लिएर आउथ्यौँ’, घर्तीमगरले स्मरण गरे।

स्थानीय प्रेमबहादुर सुनारले आफू ११ वर्ष हुँदादेखि डालो, नाङ्लो बुन्दै आएको सुनाउँदै अहिले पनि बुन्ने गरेको बताए। पहिले एकै सिजनमा रू डेढ लाखको चोयाका सामग्री बेच्ने गरेकामा अहिले बिक्री नै हुन छाडेको उनको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

बाउ, बाजे र काकाबाट मान्द्रो, डालो, नाम्लो, दाम्लो र नाङ्लो बुन्न सिकेको भन्दै नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सीप हस्तान्तरण हुन नसकेको सुनारले गुनासो गरे। काको हातखुट्टा चल्न छाडेपछि स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप भएर जाने खतरा बढेको भन्दै एक दशकदेखि गाउँमा प्लास्टिकका भाँडाकुँडा र डालो, नाङ्लो पुगेपछि चोयाबाट बुनेका सामान प्रयोग गर्न छोडेका उनले जानकारी दिए।

चोयाबाट बनेका डालो, नाङ्लो, डालोलगायत सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने बताउँदै सुनारले स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले मौलिक सीपबाट बनेका सामानले बजार नपाएको गुनासो गरे। डालो, नाङ्लो वनमा गएर गजिङ, मालिङका चोया निकालेर बुन्न निकै समय लाग्ने भन्दै बजार नपाउँदा आफूहरूको मेहनत खेर गएको उनले दुःखेसो पोखे।

‘अहिले ७० वर्षको भए। अझै पनि हातमा सीप छ। दिनभरि लगाएर सामान बुन्ने हो, बिक्री नहुँदा दुःख लाग्छ। अहिले वर्षभरि रू ५० हजारको सामान बेच्न पनि मुस्किल हुन्छ’, सुनारले भने, ‘हाम्रा पालामा मानापाथी चल्थे। अहिलेको जस्तो एक किलो, दुई किलो भन्ने थिएन। व्यापारीले पाँच मानादेखि १० पाथीसम्मका ठाला राख्थे, मेला महोत्सवमा पनि धेरै सामान बिक्थे।’

बडिगाडका होमबहादुर सिंजालीले पहिले बिस्कुन सुकाउन, गोठ छाउनका लागि चोयाका मान्द्रो, बलाङ प्रयोग गर्ने गरेको भन्दै अहिले प्लास्टिकका त्रिपाल बढी चल्ने गरेको बताए। उतिबेला गोठालाले लेक, बेँसीमा गोठा हाल्दा चोयाकै बलाङले छाउने गरे पनि अहिले लेकका टुम्पासम्म पानीकागज र त्रिपाल पुग्न थालेको उनको भनाइ थियो।

सिंजालीले पहिले गाउँका अधिकांश स्थानीयले अल्लो, भेडाको ऊन, भाँगोको लोक्ताबाट कपडा बनाउने गरेको भन्दै अहिले त्यो प्रचलन नै हराएको बताए।

उनले भने, ‘दशौँ वर्ष अगाडिका धेरै चालचलन र सीप अहिले हराउँदै गएका छन्। गाउँ र बस्तीमा मोटर गुड्न थाले। मोटर गाडीले सहरबजारका सामान सर्लक्कै गाउँ ल्याउँछ। ती सामान देख्दा राम्रो भए पनि हाम्रा जमानाका जस्ता बलियो र गुणस्तरीय हुँदैनन्। अबको केही वर्षपछि डालो, नाम्लो केही देख्न पाइने छैन।’

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ५ गते २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिव तथा सोसरहका... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र पूर्वाधार विकास मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित परिवारको आवास व्यवस्थापनक... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्