काठमाडौं- नेपाली कांग्रेसको कोशी प्रदेश सभाको उपनेताबाट हिमाल कार्कीले राजीनामा दिएका छन्। उनले बिहीबार साँझबाट लागू हुनेगरी राजीनामा दिएका हुन्।
उनले आफू उपनेताका हैसियतमा काम गर्न असमर्थ भएकाले राजीनामा दिएको बताएका छन्।
कोशी प्रदेश कांग्रेसमा गुटगत समस्या देखिएको छ। कांग्रेसको डा शेखर कोइराला समूहका केदार कार्कीले सत्ता गठबन्धनको निर्णयबिरुद्ध उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेको समर्थनसहित दाबी पेस गरेका हुन्।
सभापति देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।