काठमाडौं– नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
एमाले बाजुराका जिल्ला अध्यक्षसमेत रहेका शाही सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सर्वसम्मत भएका हुन्।
उपाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। पाँच जनाले उम्मेदवारी फिर्ता लिएसँगै शाही सर्वसम्मत भएका हुन्।
त्यसैगरी अध्यक्षका उम्मेदवार वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्। अछामका कृष्णप्रसाद जोशीलाई सर्वसम्मत बनाउने सहमति गरेको भए पनि अछामकै भरत साउदको उम्मेदवारी भने कायमै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।