काठमाडौं- कोशी प्रदेशमा गठबन्धन दलकै सरकार बनाउने निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुको बैठकले कोशी प्रदेशमा गठबन्धन सरकारलाई नै निरन्तरता दिने गरी छलफल भएको हो।
छलफलपछि कांग्रेस प्रवक्ता मीन विश्वकर्माले कोशी प्रदेशमा गठबन्धन दलको निरन्तरताबारे छलफल भएको बताए। उनले भने, ‘कोशी प्रदेशका बारेमा अनौपचारिक छलफल भयो। गठबन्धन दलहरुमा अलि तिक्तता जस्तो देखियो। त्यसका लागि गठबन्धन दल भित्र तीव्र गतिमा परिणाममुखी छलफल गरेर लैजाने निष्कर्ष निकालियो।’
उनले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेनसँग छलफल गरेको बताए। साथै आज नै गठबन्धन दलको बैठक बस्ने प्रवक्ता विश्वकर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।