• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्च अदालत र जङ्गी अड्डालाई तनाव दिइरहेको एउटा रिट, दर्ता न दरपिठ!

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०८०  ११:४१
1140x725

काठमाडौं– सैनिक ऐन २०६३, नेपाली सेनाका प्रधान सेनापति र सैनिक अदालतको कोर्ट मार्शललाई प्रश्न उठाएर सर्वोच्चमा पेस भएको एउटा रिट निवेदनका कारण सर्वोच्च अदालत र नेपाली सेनाको मुख्यालय (जङ्गी अड्डा)लाई ‘तनाव’ सिर्जना भएको छ। 

काठमाडौंको रामशाह पथमा रहेको सर्वोच्च अदालत र सँगै जोडिएको भद्रकालीमा रहेको सैनिक मुख्यालयबीच भौतिक दूरी धेरै छैन। तर दर्ता हुनका लागि पेस भएको एउटा रिट निवेदनले ‘दूरी बढाउने’ भयका कारण सर्वोच्च अदालत प्रशासन ‘तनाव’मा छ। तनावकै कारण सर्वोच्च अदालत प्रशासनले १ महिनादेखि उक्त रिट पन्छाइरहेको पाइएको छ। 

भदौ १० गते सर्वोच्च अदालतमा दर्ताका लागि पेस भएको उक्त रिटका सन्दर्भमा १ महिना १० दिन भइसक्दा पनि दर्ता वा दरपिठको टुङ्गो लागेको छैन। 

अधिवक्ता प्रज्वल बस्नेत र संगिता शाहीले पेस गरेको रिटबारे प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठदेखि मुख्य रजिष्ट्रार लालबहादुर कुँबरसम्मलाई पटक–पटक ब्रिफिङ भएको छ। तर रिटलाई के गर्ने भन्ने सन्दर्भमा टुङ्गो लागेको छैन। 

प्रधानसेनापतिको आदेशमा गैरकानुनी रुपमा सैनिक कर्मचारीलाई थुनामा राखिएको भन्दै रिट पेस भएको थियो। अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गर्‍यो। 

२२ वर्षअघि आफूले सर्वोच्चमा रिट दायर गरेको र उक्त रिटका सन्दर्भमा भएको फैसला सैनिक मूख्यालयले अहिले पनि कार्यान्वयन नगरेको र संविधान विपरीत अहिले पनि सेनामा हिरासतमा राख्ने र सजाय सुनाउने कार्य भइरहेको दाबी शाही र बस्नेतको रिटमा गरिएको छ। 

सैनिक व्यक्तिहरुको संवैधानिक हकहरुको कुनै प्रत्याभूति नभएको र यस अवधिमा कतिपय सैनिक व्यक्तिहरु आफ्नो संवैधानिक हकबाट बञ्चित भइ सेवाबाट हटाइएको वा कैदी जीवन बिताउन बाध्य भएको भन्दै रिटमा सैनिक ऐनको व्यवस्था खारेज तथा संशोधनको माग गरिएको छ। 

उक्त रिट दर्ता गर्न नमिल्ने भन्दै रजिष्ट्रार निर्मला पौडेलले भदौ १२ गते दरपिठ गरिदिएकी थिइन्। सैनिक ऐनअनुसार प्रधान सेनापतिले समरी सैनिक अदालत बोलाई सो अदालतले अधिकृत दर्जाका सैनिकलाई सेवावाट हटाउने वा वर्खास्त गर्ने लगायतका फैसला सदर गर्ने गरेको र यसरी सदर गर्ने अधिकार सरकारलाई भएकोमा प्रधान सेनापतिबाट असंवैधानिक काम भएको भनि रिटमा दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चले उक्त रिटमा दाबी गरिएअनुसार कुन कस्तो अधिकार हनन् भएको भन्ने प्रष्ट नखुलेको भन्दै रजिष्ट्रार पौडेलले दरपिठको आदेश गरेकी थिइन्। साथै, रिट निवेदक विदेशी नागरिक रहेको विषयलाई पनि सर्वोच्च प्रशासनले दरपिठको कारण ठहर्‍यायो।  

उक्त निर्णय चित्त नबुझेपछि निवेदककहरुले इजलासमा निवेदन दिए। दरपिठको आदेश बदर हुनुपर्ने माग गर्दै इजलासमा निवेदन पुगेपछि भदौ २५ गते प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासले उक्त निवेदनमा सुनुवाई गर्‍यो। उक्त निवेदनमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यसमा के कसो भएको हो सबै खुलाई कैफियत प्रतिवेदन पेस गर्नु भनि आदेश गर्‍यो।  उक्त आदेशपछि सर्वोच्च प्रशासनले कैफियत प्रतिवेदन पेस गर्‍यो।  

रिट निवेदकका श्रीमान् प्रेम शाहीले नेपाली सेनामा ३५ वर्ष सेवा गरी उपरथी दर्जामा कार्यरत रहँदा सेनाबाट नियमित रूपमा अवकाश पत्र बुझि लिएको र उमेरसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट उक्त अवकाश पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्ने व्यहोरा समेतको अन्तरिम आदेश समेत जारी भएको रिटमा उल्लेख छ। पुनः सेवामा हाजिर हुन जाँदा गैरकानुनी रुपले पक्राउ गरी थुनामा राखी सैनिक विद्रोह जस्तो गम्भीर आरोप लगाइ गैरकानुनी रूपले सेवाबाट हटाएको र प्रधान सेनापतिले  सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हक समेतको हनन गरेको पनि रिटमा दाबी गरिएको छ। 

सैनिक अधिकृतलाई पक्राउ गर्न जारी गरेको  म्यादमा समरी जनरल सैनिक अदालतबाट भएको फैसला प्रधान सेनापतिबाट सदर भएको देख्नासाथ सो कार्य कानुनसम्मत नरहेको देखिएको दाबी रिटमा गरिएको छ। 

Xtrem

Xtrem

उपरथी प्रेम शाहीलाई मात्र नभइ उपरथी सुधिर श्रेष्ठ, सहायक रथीहरु प्रयोग जङ्ग राणा, पंकज कार्की र सुरेन्द्र सिंह रावल, महासेनानीहरु अनिल खड्का र भुपाल मान सिंह अधिकारी समेतलाई यसैगरी कारबाहीको फैसला भएको र उक्त कार्य अन्यायपूर्ण भएको दाबी रिटमा गरिएको छ। 

उक्त मुद्दामा गत बुधबार पेसी रहेको थियो। पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नहकुल सुवेदीको इजलासमा परेको थियो। फुयालले यसअघि प्रेम शाहीको मुद्दामा आदेश गरेकाले हेर्न नमिल्ने हुँदै सुनुवाइ सर्‍यो। अर्को पेसी सोमबारका लागि रहेको छ। 

सोमबारका लागि तोकिएको पेसीमा सुनुवाइ भए उक्त रिटबारे इजलासले निर्णय गर्नेछ। सोमबार २ न्यायाधीशको इजलासले सेना विरुद्धको रिट दर्ता हुने कि दरपिठ सदर गर्नेबारे निर्णय दिनुपर्ने छ।  
रिटमा हाल सैनिक अदालतको आदेशले थुनामा रहेका नवराज गुरुङ र गंगाधर ढकाललाई थुनामुक्त गर्न अन्तरिम आदेश हुनुपर्ने मागदाबी समेत गरिएको छ। उनीहरुलाई गैरकानुनी रुपमा चितवन र भीमफेमीमा राखिएको दाबी रिटमा गरिएको छ। 

के छ  मागदाबी? 
१) सैनिक ऐन, २०६३ को दफा ७३ (१) (ख) बमोजिम प्रधान सेनापतिले समरी जनरल सैनिक अदालत बोलाइ सो अदालतले अधिकृत दर्जाका सैनिकलाई सेवाबाट हटाउने वा वर्खास्त गर्ने लगायतका ठहर फैसला हुने र उक्त फैसला प्रधान सेनापति स्वयंले सदर गरी कार्यान्वयन गर्ने कार्य उत्प्रेषणको आदेशले बदर हुनुपर्छ, 

२) सैनिक अदालतबाट भएका सम्पूर्ण फैसलाहरु उपर पीडितहरुको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गर्न सर्वोच्च अदालत स्वयंले सक्रिय हस्तक्षेप गर्न परमादेश जारी हुनुपर्ने, फैसलाले थुनामा रहेका सैनिक व्यक्तिलाई प्राथमिकता दिन उपयुक्त आदेश जारी हुनुपर्ने, 

३) सैनिक अदालतहरुबाट मुद्दाको पुर्पक्ष गर्दा संविधानको धारा २० का न्यायसम्बन्धी हकहरु, विशेष गरी धारा २० (२) को पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पूर्पक्ष गर्ने हक हुनेछ भन्ने समेतको संवैधानिक हकको प्रत्याभूति गर्ने व्यवस्था मिलाउनु भन्ने व्यहोरा समेतको परमादेशको आदेश जारी हुनुपर्ने, 

४) सबै तहका सैनिक अधिकृतहरुका साथै प्रधान सेनापतिले ऐनको दफा १८ अनुसारको अधिकारको मात्र प्रयोग गर्नु भन्ने बेहोरा समेतको उपयुक्त आदेश जारी हुनुपर्ने, 

५) अदालतको पूर्व आदेश बमोजिम शीघ्रातिशीघ्र सैनिक ऐनको पुनरावलोकन हुन उपयुक्त आदेश जारी हुनुपर्ने, 

६) प्रधान सेनापतिको अधिकार क्षेत्रभन्दा बाहिर रही नेपाल सरकारको क्षेत्राधिकार भित्र रहेको देखिँदा  सबै फैसला अमान्य ठहर  गरी सजाय कार्यान्वयन नगर्नू नगराउनू भनि  अन्तरिम आदेश जारी हुनुपर्ने, 

७) अदालतहरुबाट मुद्दाको पुर्पक्ष गर्दा संविधानको धारा २० का न्यायसम्बन्धी हकहरु, विशेष गरी धारा २०(२) को पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पूर्पक्ष गर्ने व्यवस्था मिलाउनु  भनि अन्तरिम आदेश जारी हुनुपर्ने, 

८) प्रस्तुत मुद्दाका कारण सम्पूर्ण सैनिक न्याय प्रणाली नै विवादित भएकाले प्रस्तुत विषयलाई अग्राधिकार प्रदान गरी सुनुवाइ हुनुपर्ने।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २५० परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेक... शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो । शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्