• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संविधान घोषणाअघि दिल्लीसँग दुई वाचा गरिएको प्रमाण छ : डा बाबुराम भट्टराई

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०७५  १३:३१
1140x725

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी हुनुपूर्व दिल्ली गएका नेताले त्यहाँका उच्च नेतृत्वसँग दुईवटा वाचा गरेको बताएका छन्।

'नेपालका प्रमुख नेताहरु संविधान जारी हुनुअघि साउन महिनाभर दिल्ली भ्रमणमा गएका थिए', भट्टराईले आग्रह गरे, 'त्यतिबेला त्यहाँका शीर्ष नेताहरुसँग के कुरा भएका थिए, खोल्नुपर्छ।अहिलेसम्म अनुमानगिरी मात्रै चलेको छ। तर मसँग तथ्य प्रमाण छ।'

'संविधान जारी हुनुपूर्व भदौको कुनै दिन भारतका एकजना उच्च तथा आधिकारी आएर मसँग कुरा गरेका थिए', भट्टराईले भने, 'उच्च तहको सन्देश भनेर मलाई दुईवटा कुरा भनिएको थियो। एउटा नेपाललाई धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता जस्तै केही भइदिए हुन्थ्यो भनिएको थियो। अर्को, फास्ट ट्र्याक दिए हुन्थ्यो। मेरो कानले नै सुनेको कुरा हो यो। त्यतिबेला म हासें मात्रै।'

पत्रकार बसन्त बस्नेतको पुस्तक '७२ को विस्मय' सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले भारतले मधेसलाई माया नगर्ने बताए। संविधान रोक्न अन्तिम समयमा आएका भारतीय दूत मधेसको मायाले नआएको उनले बताए।

उनले भारतले नाकाबन्दी गरेर आफ्नो कुबुद्धि देखाएको बताए। पूर्वप्रधानमन्त्री भट्टराईले संविधानको प्रस्तावनामा मधेसको आन्दोलनलाई उल्लेख नगरेकोमा असन्तुष्टि जनाए। भट्टराई अघि बोलेका तत्कालीन संविधानसभा अध्यक्ष सुभाष नेम्वाङले मधेसको आन्दोलनलाई पनि समेट्ने शब्दहरु राखेको बताउँदै सबै आन्दोलन र संघर्षलाई राख्दा प्रस्तावना नै लामो हुनसक्थ्यो भनेका कुरालाई भट्टराईले खण्डन गरेका थिए।

'संविधानमा प्रस्तावना जे लेखिएको छ त्यो छेउ न टुप्पोको छ। त्यहाँ भएभरका शब्द राखिएका छन्', उनले थपे, 'त्यत्रा शब्द घुसाउन सकिन्थ्यो भने मधेस आन्दोलन, जनजाति आन्दोलन पनि राख्दा के बिग्रिन्थ्यो? आखिर यथार्थ त्यही थियो।'

डा भट्टराईले नेपालको विविधतालाई सम्बोधन गर्न अन्तिममा १० वटा प्रदेश बन्ने बताए। त्यो अहिले नभए केही वर्षपछि होला तर त्यहाँ नपुगी नहुने उनले दाबी गरे।

'यहाँको बहुजातीय, बहुभाषिक बनोट छ। त्यसलाई ठीक ढंगले स्थापित गर्ने गरी हामीले व्यवस्था गर्दैनौं। सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध गर्ने बाटो हामीले लिँदैनौं, त्यतिबेलासम्म जतिसुकै लोकतन्त्र गणतन्त्रको बाँसुरी बजाए पनि केही मानिसले चित्त म चाहिँ सक्दिनँ।'

Ncell 2
Ncell 2
nimb
nimb

संविधान जारी गर्ने विधि र प्रक्रिया चित्त बुझेको थिएन : पूर्वराष्ट्रपति यादव
पूर्व राष्ट्रपति रामवरण यादवले दोस्रो संविधानसभाले संविधान जारी गर्ने बेला अपनाइएका विधि र प्रक्रियामा आफूलाई चित्त नबुझेको बताएका छन्।

उनले अलिकति समय दिएर मधेस, जनजाति,आदिवासी तथा थारुको समस्या समाधान गरेर जाऔं भनेर बारम्बार आग्रह गरेको बताए।

उनले संघीयताको संरचना पनि वैज्ञानिक ढंगले नभएकोमा पनि आफ्नो चित्त नबुझेको बताए। 'भूगोलविद्, समाजशास्त्री , इतिहासविद्, अर्थशास्त्री, स्वतन्त्र मानिसहरुलाई राखेर मैले छलफल गर्थें', पूर्वराष्ट्रपति यादवले सम्झिए, 'म चाहन्थें– हिमाल, पहाड र तराईमा भएका स्रोतहरुलाई कसरी सबै प्रदेशमा वितरण गर्ने भनेर गहन छलफल भएर मात्रै राज्यको पुनर्संरचना गरियोस्।'

पूर्वराष्ट्रपति यादवले संविधानको निर्माणका बेलामा सबैको सक्रियता सहभागिता होस् भन्ने चाहेको र त्यसका लागि प्रयास समेत गरेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यादवले दोस्रो संविधानसभाको चुनावपछि आफूलाई पत्याउन छाडिएको गुनासो पनि पोखे। सबै सत्ताको दाउपेचमा व्यस्त भएकाले अरु सबैकुरा छायाँमा परेको उनले बताए।

यादवले संमृद्धिको कुरा आउँदा आफूलाई डर लाग्ने बताए। उनले चुरे क्षेत्र ध्वस्त भएकाले त्यसलाई जोगाउनुपर्ने बताए।'मेरो जिन्दगीमा तराईको जंगल समाप्त भयो', यादवले थपे,'हिमालको बरफ, पहाडको जंगल, जमिन र सुन्दरता तथा तराईको जंगल, जमिन र पानी जोगाउनुपर्छ।'

यादवले चुरे जोगाउनुको साटो चुरे भएरै जाने अर्को राजमार्ग बनाउने भनिएकोमा पनि असन्तुष्टि जनाए।

समावेशीताको कुरा गर्दा विखण्डनकारी भनियो : महन्थ ठाकुर
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले समावेशिताको माग गर्दा आफूलाई विखण्डनकारीको आरोप लगाइएको बताए।

ठाकुरले जुन कुराको राज्यसँग सम्झौता गरिएको थियो, त्यही अनुसार संविधान नआएको बताए। 'भेदभाव मेट्नुको सट्टा भेदभावलाई नै संविधानको रुप दिइएको छ। कानुनको रुप दिइएको छ', ठाकुरले भने।

'राज्यले आन्दोलनका बेलामा गोली चलाउँदा पनि कानुनको उल्लंघन गरेको छ', ठाकुरले भनेराज्यले नै संविधानको उल्लंघन गरेको छ।'

ठाकुरले मधेस आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्नका लागि बनेको कमिटीको प्रतिवेदन सार्वजनिक गर्न माग गरे। 

उनले मधेसमा अहिले पनि असन्तुष्टि रहेको बताए। 'जबसम्म मधेको माग सम्बोधन हुँदैन। तबसम्म असन्तुष्टि जारी रहन्छ', ठाकुरले भने, 'त्यो जुनसुकै बेला विष्फोट हुनसक्छ। अहिले पनि सहिदको परिवारले, गाउँका मानिसले आँसु बोकेर बसिरहेका छन्। राज्यप्रति आक्रोश व्यक्त गरिरहेका छन्।'

उनले आफूहरुले पनि हात बढाएकोले राज्यलाई संविधान संशोधन गर्ने अवसर भएको बताए। तर राज्यलाई मधेसको माग भैंसीको अगाडि बाजा बजाएजस्तो बताए।

ठाकुरले यो देशको प्रजातान्त्रिक आन्दोलनका लागि मधेसले पनि उत्तिकै संघर्ष गरेको बताए। 'तर त्यसको फल बाँड्ने बेलामा भने ढोका थुनियो', उनले भने।

संविधान आउँछ कि आउँदैन भन्ने अन्तिमसम्म अन्योल थियो : सुवास नेम्वाङ
तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेकपा नेता सुवास नेम्बाङले दोस्रो संविधानसभाको अन्तिम दिनसम्म पनि संविधान जारी हुने कि नहुने भन्ने अन्योल रहेको स्मरण गरेका छन्। उनले अन्योलका बीच संविधान आएको बताए।

नेम्बाङले मधेसमा मात्रै नभइ पहाडमा पनि विभेद भएको बताए। 'तर छलफल गरेर कसरी विभेद हटाउने भनेर निष्कर्षमा पुग्नुपर्छ', उनले भने।

नेम्बाङले पुस्तकमा केही तथ्यगत कमजोरी रहेको चर्चा गरे।
उनले संविधान फास्ट ट्र्याकबाट नभइ प्रक्रियागत रुपमै जारी गरिएको बताए।
नेम्वाङले तराई मधेस आफ्ना असन्तुष्टिहरुलाई यही संविधानबाट समाधान खोज्न अघि बढेको चर्चा गरे।

पुस्तकमा तथ्यको आधिकारितामा समस्या : मोहना अन्सारी
मानवअधिकारकर्मी मोहना अन्सारीले पुस्तकमा प्रशस्तै तथ्यगत कमजोरी रहेको बताइन्। 'पुस्तकमा उल्लेख केही तथ्यहरुको आधिकारितामा समस्या छ', उनले भनिन्।

आजसम्म आफूहरुले जे कुरा बुझिरहेका छौं, बसन्तजी पनित्यसैमा अल्झिनुभएको जस्तो महसुस भएको अन्सारीले बताइन्।

'उहाँ कताकता उदार हुन खोज्नुभएको छ', अन्सारीले भनिन्, 'उहाँको जुन आफ्नो सामाजिक पृष्ठभूमि छ, त्यही पृष्ठभूमिले उहाँका विचार प्रभावित भएको अनुभूति हुन्छ।'

पुस्तक पढ्दै गर्दा आफूले सानैदेखि सुनिआएको 'इतिहास त विजेताकै लेखिन्छ' भन्ने भनाइ सम्झिएको अन्सारीले बताइन्।

'यो भित्र तथ्य जुन छन्, त्यसलाई के भन्ने, शंका भन्ने कि कस्पेरेन्सी आँखाबाट लेखिएको भन्ने', उनले थपिन्, 'कतिपय पर्खाल भने उहाँले भत्काउन खोज्नुभएको छ, वास्वविकताका पर्खालहरु। अझै राम्रोसँग भत्काउन सकेको भए त्यसका सकारात्मक पाटोहरु हामी देख्न सक्थ्यौं।'
'हामी जुन राजनीतिक इतिहास र आन्दोलनका पाटोहरु हेर्दै जाँदा, त्यो न्याय सादय बसन्तजीले गर्न सक्नुहुन्थ्यो। तर मैले उहाँ चुकेको महसुस गरें', अन्सारीले भनिन्।

पत्रकार बस्नेतकाे पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेकाे हाे। 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्