• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संविधान घोषणाअघि दिल्लीसँग दुई वाचा गरिएको प्रमाण छ : डा बाबुराम भट्टराई

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०७५  १३:३१
1140x725

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी हुनुपूर्व दिल्ली गएका नेताले त्यहाँका उच्च नेतृत्वसँग दुईवटा वाचा गरेको बताएका छन्।

'नेपालका प्रमुख नेताहरु संविधान जारी हुनुअघि साउन महिनाभर दिल्ली भ्रमणमा गएका थिए', भट्टराईले आग्रह गरे, 'त्यतिबेला त्यहाँका शीर्ष नेताहरुसँग के कुरा भएका थिए, खोल्नुपर्छ।अहिलेसम्म अनुमानगिरी मात्रै चलेको छ। तर मसँग तथ्य प्रमाण छ।'

'संविधान जारी हुनुपूर्व भदौको कुनै दिन भारतका एकजना उच्च तथा आधिकारी आएर मसँग कुरा गरेका थिए', भट्टराईले भने, 'उच्च तहको सन्देश भनेर मलाई दुईवटा कुरा भनिएको थियो। एउटा नेपाललाई धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता जस्तै केही भइदिए हुन्थ्यो भनिएको थियो। अर्को, फास्ट ट्र्याक दिए हुन्थ्यो। मेरो कानले नै सुनेको कुरा हो यो। त्यतिबेला म हासें मात्रै।'

पत्रकार बसन्त बस्नेतको पुस्तक '७२ को विस्मय' सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले भारतले मधेसलाई माया नगर्ने बताए। संविधान रोक्न अन्तिम समयमा आएका भारतीय दूत मधेसको मायाले नआएको उनले बताए।

उनले भारतले नाकाबन्दी गरेर आफ्नो कुबुद्धि देखाएको बताए। पूर्वप्रधानमन्त्री भट्टराईले संविधानको प्रस्तावनामा मधेसको आन्दोलनलाई उल्लेख नगरेकोमा असन्तुष्टि जनाए। भट्टराई अघि बोलेका तत्कालीन संविधानसभा अध्यक्ष सुभाष नेम्वाङले मधेसको आन्दोलनलाई पनि समेट्ने शब्दहरु राखेको बताउँदै सबै आन्दोलन र संघर्षलाई राख्दा प्रस्तावना नै लामो हुनसक्थ्यो भनेका कुरालाई भट्टराईले खण्डन गरेका थिए।

'संविधानमा प्रस्तावना जे लेखिएको छ त्यो छेउ न टुप्पोको छ। त्यहाँ भएभरका शब्द राखिएका छन्', उनले थपे, 'त्यत्रा शब्द घुसाउन सकिन्थ्यो भने मधेस आन्दोलन, जनजाति आन्दोलन पनि राख्दा के बिग्रिन्थ्यो? आखिर यथार्थ त्यही थियो।'

डा भट्टराईले नेपालको विविधतालाई सम्बोधन गर्न अन्तिममा १० वटा प्रदेश बन्ने बताए। त्यो अहिले नभए केही वर्षपछि होला तर त्यहाँ नपुगी नहुने उनले दाबी गरे।

'यहाँको बहुजातीय, बहुभाषिक बनोट छ। त्यसलाई ठीक ढंगले स्थापित गर्ने गरी हामीले व्यवस्था गर्दैनौं। सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध गर्ने बाटो हामीले लिँदैनौं, त्यतिबेलासम्म जतिसुकै लोकतन्त्र गणतन्त्रको बाँसुरी बजाए पनि केही मानिसले चित्त म चाहिँ सक्दिनँ।'

Ncell 2
Ncell 2
nimb
nimb

संविधान जारी गर्ने विधि र प्रक्रिया चित्त बुझेको थिएन : पूर्वराष्ट्रपति यादव
पूर्व राष्ट्रपति रामवरण यादवले दोस्रो संविधानसभाले संविधान जारी गर्ने बेला अपनाइएका विधि र प्रक्रियामा आफूलाई चित्त नबुझेको बताएका छन्।

उनले अलिकति समय दिएर मधेस, जनजाति,आदिवासी तथा थारुको समस्या समाधान गरेर जाऔं भनेर बारम्बार आग्रह गरेको बताए।

उनले संघीयताको संरचना पनि वैज्ञानिक ढंगले नभएकोमा पनि आफ्नो चित्त नबुझेको बताए। 'भूगोलविद्, समाजशास्त्री , इतिहासविद्, अर्थशास्त्री, स्वतन्त्र मानिसहरुलाई राखेर मैले छलफल गर्थें', पूर्वराष्ट्रपति यादवले सम्झिए, 'म चाहन्थें– हिमाल, पहाड र तराईमा भएका स्रोतहरुलाई कसरी सबै प्रदेशमा वितरण गर्ने भनेर गहन छलफल भएर मात्रै राज्यको पुनर्संरचना गरियोस्।'

पूर्वराष्ट्रपति यादवले संविधानको निर्माणका बेलामा सबैको सक्रियता सहभागिता होस् भन्ने चाहेको र त्यसका लागि प्रयास समेत गरेको बताए।

Xtrem

Xtrem

यादवले दोस्रो संविधानसभाको चुनावपछि आफूलाई पत्याउन छाडिएको गुनासो पनि पोखे। सबै सत्ताको दाउपेचमा व्यस्त भएकाले अरु सबैकुरा छायाँमा परेको उनले बताए।

यादवले संमृद्धिको कुरा आउँदा आफूलाई डर लाग्ने बताए। उनले चुरे क्षेत्र ध्वस्त भएकाले त्यसलाई जोगाउनुपर्ने बताए।'मेरो जिन्दगीमा तराईको जंगल समाप्त भयो', यादवले थपे,'हिमालको बरफ, पहाडको जंगल, जमिन र सुन्दरता तथा तराईको जंगल, जमिन र पानी जोगाउनुपर्छ।'

यादवले चुरे जोगाउनुको साटो चुरे भएरै जाने अर्को राजमार्ग बनाउने भनिएकोमा पनि असन्तुष्टि जनाए।

समावेशीताको कुरा गर्दा विखण्डनकारी भनियो : महन्थ ठाकुर
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले समावेशिताको माग गर्दा आफूलाई विखण्डनकारीको आरोप लगाइएको बताए।

ठाकुरले जुन कुराको राज्यसँग सम्झौता गरिएको थियो, त्यही अनुसार संविधान नआएको बताए। 'भेदभाव मेट्नुको सट्टा भेदभावलाई नै संविधानको रुप दिइएको छ। कानुनको रुप दिइएको छ', ठाकुरले भने।

'राज्यले आन्दोलनका बेलामा गोली चलाउँदा पनि कानुनको उल्लंघन गरेको छ', ठाकुरले भनेराज्यले नै संविधानको उल्लंघन गरेको छ।'

ठाकुरले मधेस आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्नका लागि बनेको कमिटीको प्रतिवेदन सार्वजनिक गर्न माग गरे। 

उनले मधेसमा अहिले पनि असन्तुष्टि रहेको बताए। 'जबसम्म मधेको माग सम्बोधन हुँदैन। तबसम्म असन्तुष्टि जारी रहन्छ', ठाकुरले भने, 'त्यो जुनसुकै बेला विष्फोट हुनसक्छ। अहिले पनि सहिदको परिवारले, गाउँका मानिसले आँसु बोकेर बसिरहेका छन्। राज्यप्रति आक्रोश व्यक्त गरिरहेका छन्।'

उनले आफूहरुले पनि हात बढाएकोले राज्यलाई संविधान संशोधन गर्ने अवसर भएको बताए। तर राज्यलाई मधेसको माग भैंसीको अगाडि बाजा बजाएजस्तो बताए।

ठाकुरले यो देशको प्रजातान्त्रिक आन्दोलनका लागि मधेसले पनि उत्तिकै संघर्ष गरेको बताए। 'तर त्यसको फल बाँड्ने बेलामा भने ढोका थुनियो', उनले भने।

संविधान आउँछ कि आउँदैन भन्ने अन्तिमसम्म अन्योल थियो : सुवास नेम्वाङ
तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेकपा नेता सुवास नेम्बाङले दोस्रो संविधानसभाको अन्तिम दिनसम्म पनि संविधान जारी हुने कि नहुने भन्ने अन्योल रहेको स्मरण गरेका छन्। उनले अन्योलका बीच संविधान आएको बताए।

नेम्बाङले मधेसमा मात्रै नभइ पहाडमा पनि विभेद भएको बताए। 'तर छलफल गरेर कसरी विभेद हटाउने भनेर निष्कर्षमा पुग्नुपर्छ', उनले भने।

नेम्बाङले पुस्तकमा केही तथ्यगत कमजोरी रहेको चर्चा गरे।
उनले संविधान फास्ट ट्र्याकबाट नभइ प्रक्रियागत रुपमै जारी गरिएको बताए।
नेम्वाङले तराई मधेस आफ्ना असन्तुष्टिहरुलाई यही संविधानबाट समाधान खोज्न अघि बढेको चर्चा गरे।

पुस्तकमा तथ्यको आधिकारितामा समस्या : मोहना अन्सारी
मानवअधिकारकर्मी मोहना अन्सारीले पुस्तकमा प्रशस्तै तथ्यगत कमजोरी रहेको बताइन्। 'पुस्तकमा उल्लेख केही तथ्यहरुको आधिकारितामा समस्या छ', उनले भनिन्।

आजसम्म आफूहरुले जे कुरा बुझिरहेका छौं, बसन्तजी पनित्यसैमा अल्झिनुभएको जस्तो महसुस भएको अन्सारीले बताइन्।

'उहाँ कताकता उदार हुन खोज्नुभएको छ', अन्सारीले भनिन्, 'उहाँको जुन आफ्नो सामाजिक पृष्ठभूमि छ, त्यही पृष्ठभूमिले उहाँका विचार प्रभावित भएको अनुभूति हुन्छ।'

पुस्तक पढ्दै गर्दा आफूले सानैदेखि सुनिआएको 'इतिहास त विजेताकै लेखिन्छ' भन्ने भनाइ सम्झिएको अन्सारीले बताइन्।

'यो भित्र तथ्य जुन छन्, त्यसलाई के भन्ने, शंका भन्ने कि कस्पेरेन्सी आँखाबाट लेखिएको भन्ने', उनले थपिन्, 'कतिपय पर्खाल भने उहाँले भत्काउन खोज्नुभएको छ, वास्वविकताका पर्खालहरु। अझै राम्रोसँग भत्काउन सकेको भए त्यसका सकारात्मक पाटोहरु हामी देख्न सक्थ्यौं।'
'हामी जुन राजनीतिक इतिहास र आन्दोलनका पाटोहरु हेर्दै जाँदा, त्यो न्याय सादय बसन्तजीले गर्न सक्नुहुन्थ्यो। तर मैले उहाँ चुकेको महसुस गरें', अन्सारीले भनिन्।

पत्रकार बस्नेतकाे पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेकाे हाे। 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
सम्बन्धित सामग्री
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्