• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीलाई मानवअधिकार आयोगको पत्र : रिगलको आममाफी कानुनविपरीत

माफी पाउने अन्य व्यक्तिहरूको पनि विस्तृत विवरण माग
64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०८०  १८:१५
1140x725

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णय कानुनविपरीत भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेको छ।

शुक्रबार आयोगले जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुरको फैसला उल्लेख गर्दै रिगललाई फौजदारी कार्यविधि स‌ंहिता २०७४ को दफा १५(१४) को खण्ड (घ) विपरीत माफी मिनाह दिइएको बताएको छ। मानव अधिकारको मूल्य मान्यताविपरीत भएको भन्दै आयोगले आक्रमणबाट सुरक्षित हुन पाउने लगायतका अधिकारको उल्लं‌घन भएको पत्रमा उल्लेख गरेको छ।

‘राजनीतिक पहुँचकै आधारमा माफीमिनाहा पाउने अवस्थाले न्यायपूर्ण वातावरण सिर्जना हुन नसक्ने, मौलिक हकको रुपमा रहेको अपराध पीडित व्यक्ति वा परिवारको अधिकार कुण्ठित हुने, आपराधिक प्रवृत्ति बढ्दै जाने, दण्डहीनताले प्रश्रय पाउने, सर्वसाधारणमा राज्यप्रति वितृष्णा उत्पन्न भई शासन व्यवस्थामाथि नै प्रश्न खडा हुने र राज्यका निकायहरुप्रति नागरिकको विश्वास खस्कन गई त्यस्ता संस्थाहरू विवादित हुँदै जाने सम्भावना रहन्छ,’ पत्रमा उल्लेख गरिएको छ।

यसैगरी आयोगले गणतन्त्र दिवस र संविधान दिवसमा माफी पाउने अन्य व्यक्तिहरूको विस्तृत विवरण माग गरेको छ।

यस्तो छ पत्र

कैद माफी मिनाहा सम्बन्धमा प्रधानमन्त्रीलाई आयोगको पत्राचार

जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाईसंविधान दिवसको अवसरमा नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत हुने गरी कैद माफी मिनाहा गरिएको विषयमा आयोगले आज सम्माननीय प्रधानमन्त्रीज्यूलाई पत्राचार गरेको छ । आयोगका माननीय अध्यक्ष तपबहादुर मगरद्वारा हस्ताक्षर गरिएको पत्रको विस्तृत व्यहोरा तपसिल बमोजिम रहेको छ । 

विषय : कैद माफी मिनाहा सम्बन्धमा

Ncell 2
Ncell 2
nimb
nimb

उपर्युक्त सम्बन्धमा नेपाल सरकारबाट विगत केही समय अघिदेखि अदालतबाट कसूर ठहर गरी सर्वस्वसहित जन्मकैद गरेका फौजदारी मुद्दाहरूमा सजाय माफी मिनाहा दिने कार्य निरन्तर भइरहेको र मुख्य रुपमा त्यसप्रकारको माफी मिनाहा कुनै न कुनै रुपमा राजनितिक पहुँच वा सम्बन्ध भएका व्यक्तिहरुले पाउने गरेको भनी विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार तथा पीडित पक्षबाट आउने गरेका गुनासाहरुप्रति यस आयोगकोे गम्भीर ध्यानाकर्षण भएको छ । 

राजनीतिक पहुँचकै आधारमा माफी मिनाहा पाउने अवस्थाले न्यायपूर्ण वातावरण सिर्जना हुन नसक्ने, मौलिक हकको रुपमा रहेको अपराध पीडित व्यक्ति वा परिवारको अधिकार कुण्ठित हुने, आपराधिक प्रवृत्ति बढ्दै जाने, दण्डहीनताले प्रश्रय पाउने, सर्वसाधारणमा राज्यप्रति वितृष्णा उत्पन्न भई शासन व्यवस्थामाथि नै प्रश्न खडा हुने र राज्यका निकायहरुप्रति नागरिकको विश्वास खस्कन गई त्यस्ता संस्थाहरू विवादित हुँदै जाने संभावना रहन्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै सो विपरीत सरकारले पछिल्लोपटक संविधान दिवसको दिन २०८० असोज ३ गते नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगल भनिने योगराज ढकाललाई माफी मिनाहा दिएको देखिन्छ । ‘मृतक चेतन मानन्धरलाई घेरा हाली भाग्न उम्कन नदिई समाती रिगल ढकालले खुँडा प्रहार गरी हत्या गरेको’ भनी बाँके जिल्ला अदालतले मिति २०७५/१/११ गते गरेको फैसलामा उल्लेख भएको देखिन्छ । साथै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलाशको मिति २०७६/१०/२८ को पुनरावेदन फैसलामा पनि ‘रिगल ढकाल समूहको क्रियाकलापको विरोध गरेकै कारण आफ्नो वर्चश्व राख्न विरोधी सिध्याउने पूर्व योजना तयारी साथ मिति २०७२/३/२० गते देखि नै योजनाबद्ध रुपमा तयार रही वारदात घटाएको र वारदातमा खुँडा प्रहार गर्ने रिगल ढकाल भएको मिसिल संलग्न कागजातबाट पुष्टि भएको’ भनी उल्लेख छ । 

सोही फैसलामा ‘यी प्रतिवदीहरू (रिगल ढकाल समेत) ले पूर्वयोजना तयारीका साथ प्रस्तुत वारदात घटाएको अपराधले कानूनी शासनको उपहास भएको र मिसिलबाट खुली देखिन आएको वारदात पिक्चराइजड गर्दा अन्त्यन्त अमानवीय व्रmुर तरिकाले पूर्व मनसाय, तयारीका साथ वारदात घटाएको’ भनी उल्लेख भएको अवस्था स्पष्ट हु्ँदाहुँदै निज रिगल ढकाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) विपरीत माफी मिनाहा दिएको पाइएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उल्लिखित अवस्थामा निज रिगल ढकालललाई मुलुकी कार्यविधि संहिता ऐन जारी हुनुपूर्व कायम रहेकोे कारागार नियमावली, २०२० को नियम २९ (१) को आधार लिई माफी दिने कार्य मानव अधिकारको दृष्टिकोणबाट उपयुक्त देखिएन । जसबाट नेपालको संविधानको धारा २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन, २०७४ को दफा ४ बमोजिमको पीडितको फौजदारी न्यायिक प्रक्रियामा स्वच्छ र सम्मानजनक व्यवहार पाउने, दफा ५ बमोजिमको कुनै पनि आधारमा विभेदपूणर् व्यवहार व्यहोर्नु नपर्ने, दफा १० बमोजिमको पीडितले शंकास्पद व्यक्ति, अभियुक्त, कसूरदार वा निज सम्बद्ध व्यक्ति समेतको आव्रmमणबाट सुरक्षित हुन पाउनेलगायतका अधिकारहरुको उल्लंघन हुन गएको छ । 

अतः पीडितको न्याय पाउने अधिकारको सुनिश्चित गर्न र दण्डहीनतालई प्रश्रय दिने यस प्रकारका कार्य हुन नदिन सम्माननीयज्यूबाट सम्बन्धित निकायलाई निर्देशन हुन र गणतन्त्र दिवस तथा संविधान दिवसको दिन सम्माननीय राष्ट्रपतिज्यूबाट माफी मिनाहा भएका व्यक्तिहरूको विस्तृत विवरण यस आयोगलाई उपलब्ध गराइदिन सम्बन्धित निकायमा निर्देशन हुन समेत अनुरोध गर्दछु ।” पत्रमा भनिएको छ ।  

डा. टीकाराम पोखरेल

सहसचिव/प्रवक्ता

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो
काठमान्डु गोर्खाजको सहज जित
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
सम्बन्धित सामग्री
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायी टिकाबहादुर कुँवरमार्फत रिट दिएका हुन्। प्रशासनले उक्त रिट अध्ययनकै क्रममा रहे... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
काठमान्डु गोर्खाजको सहज जित बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्