काठमाडौं- अल्टिच्युड एयरको 9N-ALS हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पुष्टि गरेको छ।
बिहानदेखि सम्पर्कविहीन हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। खोजीका क्रममा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उद्धारकर्मीले नुवाकोटको मेधाङ गाउँपालिकका १ मैलुङपाखाको जंगलमा हेलिकोप्टर फेला पारेका थिए। जंगल क्षेत्रको करिब ५ हजार ५ सय फिटको उचाइमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको उड्डयनन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उत्तरी गोरखाको सानागाउँबाट ७ यात्रु लिएर उक्त विमान काठमाडौं आउँदै गरेको अवस्थामा सम्पर्कविहीन भएको थियो। एक महिला यात्रु आनी डोल्मा मात्र बाँच्न सफल भएकी छिन्। उनलाई उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।