काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्व राजा ज्ञानेन्द्र शाहको बचाउमा उत्रिएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले ज्ञानेन्द्र शाहको कुन गतिविधिले लोकतन्त्रलाई असर पुर्यायो भन्दै प्रश्न गरेका छन्।
केही सांसदहरुले ज्ञानेन्द्रमाथि आरोप लगाएको भन्दै अध्यक्ष लिङ्देनले जवाफ मागेका हुन्। ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरेको छ म त्यसको जानकारी लिन चाहान्छु,’ लिङ्देनले भने।
लिङ्देन अघि बोलेका प्रतिनिधि सभामा जसपाका प्रदीप यादवले आफूलाई राजावादी भन्नेहरुको कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन? भन्दै प्रश्न गरेका थिए।
यादवले भनेका थिए ‘आफूलाई राजावादी भन्नेहरु किन हौसिएका छन्? कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरुको? पूर्व राजाको लोकतन्त्र विरोधी गतिविधीको निगरानी गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।