पानामा– पानामाले पहिलोपटक विश्वकप फुटबल प्रतियोगिता खेल्ने भएको छ। उत्तर तथा मध्य अमेरिका क्षेत्र छनोटको अन्तिम खेलमा कोस्टारिकालाई २–१ ले पराजित गर्दै पानामा एक वर्षपछि रसियामा हुने विश्वकपमा छनोट भएको हो।
पानामालाई जित दिलाउने क्रममा ग्राबियल टोरेसले ५२ र रोमन टोरेसले ८८ मिनेटमा गोल गरे। त्यसअघि जोहान भेनगासले गोल गरेर कोस्टारिकालाई अग्रता दिलाए।
उत्तर तथा मध्य अमेरिका छनोटबाट कोस्टारिका र मेक्सिको भने यसअघि नै विश्वकपमा छनोट भइसकेका छन्।
मेक्सिकोलाई ३–२ ले पराजित गरेको होन्डुसरले छनोटमा चौथो स्थान हात पारेर प्लेअफमा स्थान बनाएको छ। होन्डुरसले प्लेअफमा अस्ट्रेलियासँग खेल्नेछ। अस्ट्रेलियाले सिरियालाई हराएर प्लेअफमा स्थान बनाएको थियो।
होन्सुरले जित हात परेको दिन पराजित भएपछि अमेरिका भने विश्वकप छनोटबाट बाहिरिएको छ। अमेरिका अन्तिम खेलमा ट्रिनिडाड एन्ड टोबागोसँग २–१ ले पराजित भयो। अमेरिका ३० वर्षपछि छनोट हुन असफल भएको हो। अमेरिकाले सन् १९८६ पछि लगातार विश्वकप खेलेको थियो।
छनोटको अंक तालिका :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।