• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘प्रधानन्यायाधीश’ कै फैसला दाहिना बनेपछि यसरी छुटेका थिए रिगल

‘प्रधानन्यायाधीश’को फैसला न्यायाधीशले उल्टाउलान्?
64x64
नारायण अधिकारी बिहीबार, असोज १८, २०८०  १६:००
1140x725

काठमाडौं– तरुण दलमा आबद्ध गुण्डा नाइके ‘रिगल’ उर्फ योगराज ढकाल संविधान दिवसको अवसरमा असोज ३ गते कैद मिनाहा हुँदै जेलमुक्त भए। खुकुरी र खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेर जेल पुगेका रिगल छुट्नुमा सरकार, राष्ट्रपति र अदालतका फैसलासमेत दाहिना बनेको विभिन्न सन्दर्भहरूबाट पुष्टि हुन्छ।

संविधानको धारा २७६, तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वय) ऐन २०७४ को दफा ३७ अनुसार कैदमा रहँदा चालचलनमा सुधार आएमा र ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा मात्रै कैद कट्टाका लागि सिफारिस गर्न सकिने कानुनी प्रवधान छ।

तर रिगलका लागि यो कानुनी प्रावधानले छोएन। उनी ५० प्रतिशत कैद नबसी जेलमुक्त भए। रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोक नजिक नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए। मानन्धर हत्याको एक महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति समेत थिए।

चेतन हत्यामा संलग्न १३ अभियुक्तमध्ये रिगलसहित प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत र नवराज खत्री भनिने मोहनलाल खड्कालाई २०७५ वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। बाँकी ९ जनालाई भने ३ वर्षदेखि १० वर्षसम्मको कैद सजाय सुनाइएको थियो।

सर्वश्वसहित जन्मकैदको फैसलाअनुसार रिगल २० वर्ष सजाय बस्नुपर्ने थियो। कैद कट्टा गरेर जेलमुक्त हुने बाटो खुल्ला रहेकाले उनी त्यसभन्दा अघि नै रिहा हुनसक्ने ठाउँ पनि बाँकी नै थियो। तर त्यसका लागि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वय) ऐन २०७४ अनुसार उनी कम्तीमा पनि ५० प्रतिशत जेल बसेको हुनुपर्ने थियो।

जसअनुसार रिगल सुरुमा आत्मसमर्पण गरेको मिति २०७२ भदौ ७ गतेबाट गणना गरेर १० वर्ष २०८२ भदौ ७ गतेपछि मात्रै ५० प्रतिशत कैद भुक्तान गरेर कैद कट्टा गरी रिहा हुने कानुनी प्रावधान थियो। तर उनी त्यसभन्दा अघि नै ५० प्रतिशत कैद भुक्तान नगरी २ वर्ष पहिला नै ८ वर्ष कैद बसेर जेलमुक्त भए।

उनी अहिले जेलमुक्त हुनुमा हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै फैसला नजिर बनेको देखिन्छ। राष्ट्रपति कार्यालयले समेत रिगलसहित ६७९ जना कैदको कैद मिनाहा गरी रिहा गरिएको जनाकारी लागि सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा एउटा मुद्दा नम्बर समेत उल्लेख गरेको छ। राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा लेखिएको छ, ‘सर्वोच्च अदालतको रिट नम्बर ०७६–डब्लुओ–०९३९ र रिट नम्बर ०७९–डब्लुएच–०१४७ को फैसला समेतको आधारमा कैद कट्टा गरी माफी मिनाहा गरिएको।’

राष्ट्रपति कार्यालयले सन्दर्भको रुपमा लिएको यी दुई मुद्दा नम्बर रिगल छुट्नुको कारणबारे प्रष्ट्याउन खोजिएको थियो। किनकि अहिलेको कानुनी प्रावधानअनुसार ५० प्रतिशत कैद भुक्तान नगरेकाले रिगल कैद कट्टामार्फत् जेलमुक्त हुने अवस्था थिएन।

nimb
nimb
Ncell 2
Ncell 2

विज्ञप्तिमा उल्लेख गरिएका यी दुई मुद्दा नम्बरमध्ये दोस्रो मुद्दा नम्बर हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको फैसला हो। उनकै फैसलालाई आधार बनाउँदै अहिले रिगललाई जेलमुक्त गरिएको छ।

के थियो रिगल छुटाउन सघाउने श्रेष्ठको फैसला?
मोरङ घर भएका प्रमेश राजवंशी हत्यामा दोषी ठहर भएर सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएपछि नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका थिए। व्यक्ति हत्याको आरोपमा उनी २०७१ कात्तिक ७ गते पक्राउ परेका थिए। अदालतले २०७३ असार २७ गते प्रमेशलाई २० वर्षको कैद सजाय सुनाएको थियो।

जसअनुसार उनी २०९१ कात्तिक २६ गतेसम्म कैदमा बस्नुपर्ने हुन्थ्यो। तर प्रमेशले कैद कट्टाका लागि सिफारिस पाउँ भन्दै २०७९ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार कैद कट्टाका लागि ५० प्रतिशत कैद भुक्तान हुनुपर्ने प्रावधान छ। तर प्रमेशले यो ऐन कार्यान्वयनमा आउनुभन्दा पहिला नै जेल बसेको भन्दै साविक कारागार नियमावली २०२० अनुसार हुने ४० प्रतिशत कैद बसेपछि कैद कट्टाको प्रावधान भएकाले सोही अनुसार गरी पाउँ भन्दै रिटमा माग गरेका थिए।

उक्त रिटको फैसला आफ्नो पक्षमा आएमा २०७९ फागुन ७ गते हुने प्रजातन्त्र दिवसमा हुने कैद मिनाहाका लागि फारम भर्ने प्रमेशको योजना थियो। तर अहिलकै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार कैद कट्टाका लागि ५० प्रतिशत कैद भुक्तान गरी मात्रै कैद कट्टा हुने भएकाले प्रमेशको रिट खारेज हुनुपर्ने मागदाबी विपक्षीहरु नख्खु कारागार, कागारा व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वोच्चलाई जवाफ पठाएका थिए।

तर गत वैशाख ८ गते तत्कालीन न्यायाधीश (हाल प्रधानन्यायाधीश) विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले फैसला गर्दै ४० प्रतिशत कैद सजाय बसे पनि कैद मिनाहा हुनसक्ने फैसला गरिदिए।

श्रेष्ठले र फुयालको इजलासले लेख्यो, ‘नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन २०७४ को दफा ३९ को उपदफा (२) को खण्ड (ग) मा ‘कुनै कानुन अन्तर्गत कुनै अदालतबाट भइसकेको सजाय सोही कानुनबमोजिम नै कार्यान्वयन हुनेछ। तर त्यस्तो सजाय मुलुकी अपराध संहितामा सोही कसुरमा लेखिएको सजायभन्दा बढी हुने रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हमसम्म मात्र सजाय कार्यान्वय हुनेछ।’

यसैलाई व्याख्या गर्दै न्यायाधीशद्वयको इजलासले थप व्याख्या गर्यो , ‘२०७३ सालमा कर्तव्य ज्यान भएको र २० वर्ष कैद भएको अवस्था छ। उक्त कैद हाल मुलुकी अपराध संहितामा उल्लेख भएभन्दा बढी रहेको देखिएन। साथै वरदाता भएको समयमा कारागार नियमावली २०२० प्रचलनमा रहेको पाइयो। जसअनुसार निवेदक प्रमेश राजवंशीलाई तोकिएको कैद सजाय ४० प्रतिशत कैद अवधि भुक्तान गरिसकेकाले कैद सजाय छोट्याउने उनको हक रहेको देखियो।’

हालका प्रधानन्यायाधीश श्रेष्ठसहितको गत वैशाखको यही फैसला अनुसार रिगल जेलमुक्त भए।

रोचक कुरा त रिगलको जेल रिहाविरुद्ध उनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी छिन्। रिगलको रिहाई गैरकानुनी रहेको दाबी गर्दै उनले रिट दायर गरेकी छिन्। जबकि उनले जहाँ रिट दायर गरेकी छिन्, त्यहाँकै प्रधानन्यायाधीशको फैसलालाई आधार मान्दै रिगल रिहा भएका छन्। अब सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशले गरेको फैसला उल्टाउने आँट गर्लान् वा रिगलको रिहाईलाई सदर गर्लान् त्यो निकै रोचक हुने देखिन्छ।

यस्तो थियो फैसला

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह २५७०औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका हुन्। शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी सरकारले संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक... बिहीबार, वैशाख १७, २०८३
विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर पक्षको निष्कर्ष नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बनाउनका लागि राय लिन बिहीबार बालुवाटारको ओपेरा होटलमा बागमती प्रदेश... बिहीबार, वैशाख १७, २०८३
ताजा समाचारसबै
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार, वैशाख १८, २०८३
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै शुक्रबार, वैशाख १८, २०८३
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख १८, २०८३
आज ओपिडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्