काठमाडौं– सरकारले सुन तस्करीको छानबिन तथा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो।
आचार्य नेतृत्वको समितिमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेका छन्। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाँचबुझ आयोग गठनका लागि निर्णय भएको जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।