काठमाडौं– नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि मनोनयन दर्ता भएको छ। अध्यक्ष पदका लागि खनश्याम खतिवडा र विनोद ढकालले शनिबार साँझ उम्मेदवारी दर्ता गराएका हुन्।
केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहित त्यहाँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे पनि सहमति हुन नसक्दा निर्वाचन प्रक्रियामा गएको हो।
संस्थापन पक्षले खतिवडालाई नै अध्यक्ष बनाउने कोशिस गरेको थियो। तर भीम आचार्य निकट ढकालले नमान्दा निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो।
एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याएको छ।
प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।