काठमाडौं- नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा काभ्रेबाट प्रतिनिधित्व गर्ने २० जना सर्वसम्मत सदस्य चयन भएका छन्।
भूगोलतर्फ काभ्रे १ बाट दिलिप तामाङ, जितबहादुर राजामगर र गीता बञ्जरा र काभ्रे २ बाट हरिशरण दाहाल, कञ्चन अधिकारी र राजकुमारी वैदार सर्वसम्मत चयन भएको जिल्ला ईञ्चार्ज नविना लामाले जानकारी दिइन्।
युवा कलस्टरबाट राकेश लामा र बिमला सञ्जेल, दलितमा गीता सुनुवार चयन भए। खुलातर्फबाट इन्द्र तामाङ, ठाकुर बाँस्कोटा, चुडामणि गौतम, कुमार तिमल्सिना, विदुरप्रसाद सापकोटा, नोर्वु लामा, टुल्कु लामा, रमेश पौडेल, मञ्जु गौतम, डा.अम्बुभवानी कार्की र अम्बिका हमाल सर्वसम्मत भएको उनले बताइन्।
गोकुल बाँस्कोटाको सक्रियताबाट सर्वसम्मत गर्न सकिएको लामाले बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।