क्योटो– सुपरस्टार खेलाडी लिओनल मेसीले निर्णायक खेलमा ह्याट्रिक गरेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ।
दक्षिण अमेरिका छनोटमा अन्तिम खेलसम्म तनावमा रहेको अर्जेन्टिनाले इक्वेइडरलाई उसैको घरेलु मैदानमा ३–१ गोलले पराजित गरेर एक वर्षपछि रसियामा हुने विश्वकपको टिकट पक्का गरेको हो।
खेलमा सुरुवाती अग्रता भने घरेलु टिम इक्वेइडरले लियो। रामारियो इबाराले पहिलो मिनेटमा गोल गरेपछि अर्जेन्टिना सुरुवातमै दबाब पर्यो। तर स्टार खेलाडी मेसीले अर्जेन्टिनाको कमान्ड सम्हाले। मेसीले ११ मिनेटमा बराबरी गोल गरेर अर्जेन्टिनालाई खेलमा फर्काए। १८ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले खेलमा २–१ को अग्रता लियो। ६२ मिनेटमा मेसीले ह्याट्रिक पूरा गरेपछि अर्जेन्टिना जिततर्फ अगाडि बढेको थियो।
मेसीको प्रोफाइल: एउटा गरिब फुच्चे कसरी विश्व चर्चित स्ट्राइकर बने?
इक्वइडरलाई हराएसँगै अर्जेन्टिनाले दक्षिण अमेरिका छनोटमा तेस्रो हुँदै विश्वकपमा छनोट भएको हो। दक्षिण अमेरिकाबाट ब्राजिल यसअघि नै छनोट भइसकेको छ। दोस्रो स्थानको उरुग्वे तथा चौथो स्थान कोलम्बिया पनि छनोट भएको छ। पाँचौं स्थानको पेरुले प्लेअफमा स्थान बनायो। पेरुले अब न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
निर्णायक खेलमा ब्राजिलसँग पराजित भएपछि चिली भने विश्वकप छनोटबाट बाहिरियो। चिलीलाई अन्तिम खेलमा ब्राजिलले ३–० गोलले हरायो। अन्तिम दिन उरुग्वेले बोलिभियालाई ४–२ ले हराएर दोस्रो स्थानमा रहन सफल भयो। पेरु र कोलम्बियाले १–१ बराबरी खेल्दा अर्जेन्टिनालाई फाइदा पुग्यो। बराबरीले पेरुलाई घाटा हुँदा प्लेअफमा धकेलियो।
दक्षिण अमेरिका छनोटको समूह चरणका खेल सकिदा अंक तालिका यस्तो छ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।