काठमाडौं– काठमाडौंमा जारी नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने भएको छ। बुधबार अपराह्न ३ बजेदेखि निर्वाचनको प्रक्रिया सुरु हुने नेताहरुले जानकारी दिएका छन्।
निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार ३ बजे मनोनयन फारम वितरण गरिनेछ। बुधबार नै अपराह्न ४ देखि ६ बजेको बीचमा मनोनयन दर्ता हुने निर्वाचन कमिटीले जनाएको छ।
यस्तै, बुधबार बेलुकी ७ बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। बेलुकी नै ८ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ।
मतदान भने बिहीबार बिहानदेखि सुरु हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।