काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।
मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजेबाट सुरु नेपाली कांग्रेसले जनाएको छ।
बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ।
मंगलबारको बैठकमा कांग्रेस नेताहरुले विधेयक संशोधन गरी शिक्षकहरुका माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।