काठमाडौं– नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। एमालेले दिएको जानकारी अनुसार बुधबारदेखि निर्वाचनका कार्यक्रम सुरु हुनेछन्।
बुधबार बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ। यस्तै अन्तिम नामावली प्रकाशन ९ बजे हुने एमालेले जनाएको छ।
त्यसपछि ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। दिउँसो ४ बजे भने उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
मतदान भने बिहीबार बिहान ११ बजे राखिएको छ। मंगलबारको कार्यक्रममा ग्रुप विभाजन गरेर छलफल गरिएको थिए। साथै नेताहरुले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका थिए।
आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेल लगायतले प्रतिवेदनमाथि धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।