गुलरिया- नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएकी छिन्।
नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा डा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो।
त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको कांग्रेस बर्दियाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।