काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूविरुद्ध प्रदर्शनमा रहेका समाजिक अभियन्ताहरु ‘राजनीतिक स्वार्थ’ मा जोडिएको दावी गरेका छन्।
बालेनले चुनाव अगाडि गरेको वाचाको कार्यान्वयनका लागि ‘नागरिक जवाफदेहिता’ माग्दै सामाजिक अभियन्ता ई: लगायत प्रदर्शनमा छन्। राष्ट्रिय सभा गृह अगाडि लामो समयदेखि उभिएर धर्ना दिइरहेका ई: लगायत अभियन्तासँग वार्ता समेत गर्न नचाहेको भन्दै बालेनको आलोचना भइरहेको छ।
बालेनले भने अभियन्तालाई वार्तामा आउन अनुरोध गरेको दावी गरे। आफू स्वयम् नै अभियन्ताहरुको धर्नास्थलमा गएर वार्ताका लागि अनुरोध गरेको, तर उनीहरु वार्तामा नआएको बालेनको भनाइ छ।
‘बिगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं, यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा (समस्याको) समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ। के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।