• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुँदै संसद्‌को अधिवेशन

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १७:०२
1140x725

काठमाडौं– संघीय संसदको चालु (बर्खे) अधिवेशन एउटा मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको छ। संसद् र दलहरुको निस्क्रियताका कारण कानुन बनाउने थलो संघीय संसद्‌को दोस्रो अधिवेशन १ मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा पुगेको हो। 

२०८० साल वैशाख २४ गतेदेखि शुरु भएको संघीय संसदको दोस्रो अधिवेशनले हालसम्म मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० मात्रै पारित गरेको छ। यसबाहेक चालु अधिवेशनका ५५ वटा बैठक बसिसक्दा पनि एउटा बाहेक विधेयक पारित हुन नसकेकोमा अब केही दिनमात्रै चल्ने चालु अधिवेशनमा अन्य कुनैपनि विधेयक पारित हुने अवस्था देखिँदैन। प्रतिनिधि सभाको आगामी बैठक असोज १४ गते र राष्ट्रिय सभाको आगामी बैठक असोज १२ गते बोलाइएको छ। 

यता नेपालीहरुको प्रमुख पर्व दशैं तथा तिहार नजिकिँदै गरेको अवस्थामा चाडपर्वअघि नै संसदको चालु अधिवेशन अन्त्य हुनेछ। यसो हुँदा संसद् तथा समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरुमाथि पर्याप्त छलफल हुन नसक्ने र विवादित विषयहरुमा समेत दलहरुका बीचमा सहमति जुट्न नसक्दा विधेयक पारितबिना नै अधिवेशन अन्त्य हुने सम्भावना देखिएको हो। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संघीय संसद्‌मा हाल १७ वटा विधेयकहरु विचाराधीन अवस्थामा रहेका बताए। 

प्रतिनिधि सभाको समितिमा १२ वटा विधेयक रहेको र भर्खरै २ वटा विधेयक दर्ता भएको गिरीले जानकारी दिए। त्यस्तै, राष्ट्रिय सभामा ३ वटा विधेयकहरु रहेको पनि उनले जानकारी दिए।  प्रतिनिधि सभाको चालु अधिवेशनमा ५५ वटा बैठक बसेको छ। यस अधिवेशनमा ७ वटा बैठक अवरुद्ध भएको र ८ वटा बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रवक्ता गिरीले बताए। 

समितिमा रहेका विधेयकहरुलाई अगाडि बढाउने सन्दर्भमा सम्बन्धित मन्त्रालय हेर्ने मन्त्री, समिति सभापति र समिति सदस्यहरुको प्रमुख भुमिका हुने संसद् सचिवालयका प्रवक्ता गिरीको भनाइ छ। 

संसद्ले विधेयकहरु पारित गर्न नसक्नुलाई लिएर राजनीतिक दलहरु भने आपसमा आरोप–प्रत्यारोप गर्छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ। सत्तारुढ दलहरु सरकारको बचाउ गर्दै सरकारले संसद्‌प्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेको दाबी गर्छन्। 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले विधेयक पारित हुन नसक्नुमा सांसद् र प्रतिनिधि सभाको दोष नभएको बताए। उनले सरकारको अर्कमण्यता र संसदलाई प्रभावहिन बनाउने सरकारको चाहनाका कारण विधेयकहरु पारित हुन नसकेको बताए। सरकार विधेयक दर्ता गर्न तयार नै नभएको उनको भनाइ छ। 

बर्तौला भन्छन्– ‘सरकारले यो संसद्‌लाई कानुन निर्माणको थलोको रुपमा प्रभावकारी ढंगले अगाडि बढाउनका लागि सरकारले काम दिएको छैन। भूमिका दिएको छैन। किनभने कानुन दर्ता हुने बित्तिकै पास हुने तहमा पुग्दैन। त्यसले समय लिन्छ। किनभने धेरै पक्षबाट अध्ययन गर्नुपर्ने हुन्छ। सरकारले लामो समय लाग्ने भएको हुँदा आवश्यक विधेयकहरु सदनमा दर्ता गर्नुपर्छ। तर सरकार त्यो कुरामा तयार छैन। सांसदहरुको भूमिकाको कारणले गर्दा होइन। प्रतिनिधि सभा यसमा दोषी होइन। सरकारको अकर्मण्यता, संसदलाई प्यारालाइज गर्न, निस्क्रिय गराउन, प्रभावहीन बनाउन सरकार चाहन्छ। हामी सांसदले त पटक–पटक भनिरहेका छौँ। सरकार एमालेले अवरोध गरेको होइन। सरकारको नाजायज अडानका कारण नचलेको विगतमा। हाउस खुले पनि प्रभावकारी रुपमा चल्न सकेको छैन।’

nimb
nimb
Ncell 2
Ncell 2

नेपाली कांग्रेसका सचेतक सुशीला थिङले चालु अधिवेशनमा बजेट छलफल गरी पारित गर्नुपर्ने भएकाले पनि अन्य विधेयकमा ध्यान पुर्‍याउन नसकिएको बताइन्। उनले प्रमुख प्रतिपक्ष दलले गरेको संसद्‌ अवरोधका कारण पनि विधेयक पारित गर्ने काममा असर परेको बताइन्। यद्यपि विधेयकहरु दर्ता भइरहेका र समितिमा समेत रहेको भन्दै उनले संसदीय प्रक्रियाका कारण पनि ढिलासुस्ती भएको बताइन्। 

थिङले भन्छिन्– ‘यही अधिवेशनमा बजेट पारित गर्नुपर्ने, त्यसबीचमा प्रतिपक्षी दलले एक महिनाजति सदन अवरुद्ध नै गर्नुभयो। यो विविध कारणले गर्दाखेरी केही ढिला भएको हो। विभिन्न विधेयकहरु सदनमा टेबल भएको र समितिमा जाने कुरा पनि भइसकेको छ। संसदीय प्रक्रियाका कारण केही ढिलासुस्ती भएको हो, नभएको चाहिँ होइन। यो अधिवेशनमा विधेयकहरु पास हुने सम्भावना कम छ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले समितिहरुको कारण विधेयक पारित हुन ढिलाइ भइरहेको बताए। सरकारले संसद्‌लाई बिजनेश दिइरहेको उनले दाबी गरे। सरकारले ल्याएको विधेयक समितिमा पुगेको लामो समय भइसक्दा पनि समितिले पारित गरेर संसदमा नपठाएको उनको भनाइ छ। 

विगतमा समिति सभापति नभएको बाहनामा विधेयक रोकिएको भन्दै उनले अब भने छिटोभन्दा छिटो विधेयक पारित गरेर समितिले संसद्‌मा पठाउनुपर्ने बताए। चालु अधिवेशनमै महत्त्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने उनको भनाइ छ। 

पाण्डे भन्छन्– ‘विधेयकहरु पारित हुन किन ढिला भए भन्दा पहिले पहिले के भनियो भने समितिको सभापति नभएको कारणले, समिति नबनेको कारणले भन्ने भयो। यी चाहिँ निहुँ मात्रै रहेछन् भन्ने अहिले देखिन्छ। यसकारणले मैले सत्तापक्षको तर्फबाट सभामुख र विभिन्न समितिको सभापतिहरुलाई छिटोभन्दा छिटो समितिहरुबाट विधेयकहरु आउनुपर्‍यो। विधेयकहरु सरकारले दर्ता गरेर समितिमै गएका छन्। सरकारले के गर्ने हो र अब? सरकारले विजनेश नदिएको भए, विधेयक नै नल्याएको भए सरकारले केही दिएको छैन भन्न मिल्थ्यो। त्यो त होइन। विधेयक समितिमा आएकै छन्। बरु त्यो विधेयक त रोकिएका रोकिएकै छन्। सदन नभएको अवधि भनेको समितिको बैठक बस्नका लागि हो। समितिको बैठक १४ गतेभन्दा अगाडि बसेर विधेयकहरु पास गर्नुपर्छ।’

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक२०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७ र भ्रष्टाचार निवारण(पहिलो संशोधन) विधेयक २०७७ पनि विचाराधीन छन्। 

यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, नेपाल विश्वविद्यालय विधेयक २०८०, विद्यालय शिक्षा विधेयक २०८० र विद्युत विधेयक २०८० पनि प्रतिनिधि सभामा रहेका छन्। राष्ट्रिय सभामा भने विद्युतीय व्यापार विधेयक २०८०, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ र अध्यागमन विधेयक २०७६ विचाराधीन अवस्थामा रहेको संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्द... शनिबार, जेठ २, २०८३
एमाले सचिवालय बैठक बस्दै दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । शनिबार, जेठ २, २०८३
राजस्व परामर्श समितिद्वारा सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश अर्थ मन्त्रालका सचिव (राजस्व) को संयोजकत्वमा गठित समितिले राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संरचना तथा कार्यप... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्