काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन्।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बसेको एक नेताले जानकारी दिए।
भोलिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको ती नेताले बताए।
१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेलले शेखर समूहको बैठकमा सहभागी हुने निम्तो पाएका हुन्।
असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएको देखिन्छ । यसअघि गगन–शेखर समूहमा फरक मत आएको चर्चा हुने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।