काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको छैटौँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजन गरेको छ। यसपटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउन गरी कार्यविभाजन गरिएको सो पार्टीद्वारा सम्प्रेषित अन्तरपार्टी निर्देशनमा भनिएको छ।
अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व र महासचिव घनश्याम भूसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्नेछन्। पार्टी गठन गर्दाताकाकी चर्चित सचिव रामकुमारी झाँक्रीलाई भने युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी दिइएको छ।
यस्तो छ पदाधिकारीहरूको कार्यविभाजनः
माधवकुमार नेपाल : अध्यक्ष/समग्र पार्टी कामको नेतृत्व
झलनाथ खनाल : सम्मानित नेता/ विदेश विभाग प्रमुख
प्रमेश हमाल: उपाध्यक्ष/ विदेश विभाग उपप्रमुख/ पार्टी स्कुल विभाग प्रमुख
डा बेदुराम भुसाल : उपाध्यक्ष/ संगठन विभाग प्रमुख
राजेन्द्र प्रसाद पाण्डे :उपाध्यक्ष/ संघीय संसदीय विभाग प्रमुख/ राजकीय मामिला विभाग प्रमुख
केशवलाल श्रेष्ठ : उपाध्यक्ष/ स्थानीय तह विभाग प्रमुख
घनेन्द्र बस्नेत : उपाध्यक्ष/ कोशी प्रदेश इञ्चार्ज
धर्मनाथ प्रसाद साह : उपाध्यक्ष/ मधेश प्रदेश इञ्चार्ज
घनश्याम भूसाल : महासचिव/ समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन
प्रकाश ज्वाला : उपमहासचिव/ संगठन विभाग उपप्रमुख/ कर्णाली प्रदेश इञ्चार्ज
गंगालाल तुलाधर : उपमहासचिव/ विपद् व्यवस्थापन विभाग प्रमुख/ बागमती प्रदेश इञ्चार्ज
विजय पौडेल : उपमहासचिव/ अर्थ योजना विभाग प्रमुख
जगन्नाथ खतिवडा : उपमहासचिव/ प्रचार विभाग प्रमुख
नागेन्द्र चौधरी : सचिव/ स्वास्थ्य विभाग प्रमुख
जीवनराम श्रेष्ठ : सचिव/ केन्द्रीय कार्यालय प्रमुख
राजेन्द्र राई : सचिव/ कोशी प्रदेश सहइञ्चार्ज
हरि पराजुली : सचिव/ लुम्बिनी प्रदेश इञ्चार्ज
गरिमा शाह : सचिव/ सुदूरपश्चिम इञ्चार्ज
रामकुमारी झाँक्री : सचिव/ प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्ज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।