काठमाडौं- नेकपा एकीकृत समाजवादीले हरि पराजुलीलाई केन्द्रीय सचिवमा मनोनित गरेको छ। यसअघि उनी स्थायी कमिटी सदस्य थिए।
केन्द्रीय कमिटीले दिएको जिम्मेवारी अनुसार केन्द्रीय सचिवालयको बैठकले उनलाई सचिवमा मनोनित गरेको सो पार्टीको पछिल्लो अपानिमा उल्लेख छ।
पराजुलीलाई लुम्बिनी प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ। एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय कमिटीमा मनोनित पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।