• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वाम गठबन्धनमा बार्गेनिङ, कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने दबाब

64x64
नेपाल लाइभ मंगलबार, असोज २४, २०७४  २०:३८
1140x725

काठमाडौं- एउटै कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यले वाम गठबन्धन निर्माण गरेका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच उम्मेदवारी छनौटमा मनोनय गर्ने मिति नजिकिए पनि अझै बार्गेनिङ चलिरहेको छ। 

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ६०/४० को भागवण्डा गरे पनि एमाले र माओवादी केन्द्रले मंगलबारसम्म उम्मेदावरको टुंगो लगाउन सकेका छैनन्। 

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फ असोज २९ गते उम्मेदवारको बन्द सूची बझाउनुपर्ने कार्यसूची सार्वजिनक गरेको छ। पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्नुपर्नेछ।

पहिलो चरणमा ३७ जिल्लाका निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता गराउनुपर्नेछ। यस्तै दोस्रो चरणको निर्वाचनका लागि दलहरुले कात्तिक १६ गते उम्मेदवारी दर्ता गराउनुपर्नेछ।

वाम गठबन्धनमा ६०/४० को भागवण्डा भए पनि कुन निर्वाचन क्षेत्रमा कसले कति सिट लिने भन्ने विषय अझै सहमतीमा पुग्न सकेको छैन। 

वाम गठबन्धनमा रहेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले आन्तरिक रुपमा आफ्नो सूची ल्याए पनि भागवण्डाका आधारमा उम्मेदवारको टुंगो लगाउन नसकेका हुन्। प्रदेश नम्बर १, २ र ३ मा सहमति जुट्न बाँकी रहेको र अन्य प्रदेशमा करिब-करिब सहमति जुटिसकेको वाम गठबन्धनका उम्मेदवार छनौट कार्यदलका संयोजक  ईश्वर पोखरेलले बताए। पोखरेलले भने, 'आन्तरिक रुपमा सूची प्राप्त भइसकेको छ, चार वटा प्रदेशमा करिब-करिब सहमति जुटिसकेको छ। अन्यमा भने केही दिनमै हामी टुंगो लगाउँछौँ।'

वाम गठबन्धन उम्मेदवारको टुंगो लगाउन विगत तीन दिनदेखि नेताहरु बिस्तृत छलफलमा जुटिरहेका छन्। मंगलबार समेत शीर्ष तहमा यस विषयमा छलफल भएको थियो। एमाले संसदीय दलको कार्यालयमा उम्मेदवारको टुंगो लगाउन बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। 

'निर्वाचन आयोगको समयसीमा ख्याल गर्दै हामी बृहत् छलफलमा छौँ, दुई दिनभित्र उम्मेदवारको टुंगो लाग्छ,' नेता पोखरेलले भने। यद्दपि, सोमबारको बैठकपछि पनि नेताहरुले उम्मेदवारको छिनोफाने मंगलबार लगाउने दाबी गरेका थिए।
यता, बृहत् लोकतान्त्रिक मोर्चा बनाउन लागिपरेको कांग्रेसले कुन-कुन पार्टीलाई मोर्चामा आबद्ध गराउने भन्ने टुंगो लागिसकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले गठबन्धनमा सहभागी दलहरुलाई १ सय ६५ मध्ये ८० सिट दिने तयारी गरेको थियो। राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा १० सिट र प्रदेशसभामा ३० सिट दाबी गरेका छन्। बाँकी सिट मधेस केन्द्रित दललाई दिने मनस्थितिमा काग्रेंस छ। तर, मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आफ्नै तालमेल गरेर जाने विषयमा सहमति गरिसकेका छन्। 

'कांग्रेससँग सिट संख्यामा कुरो मिलेको छैन। वार्ता सकरात्मक नभएपछि मधेस केन्द्रित दलबीच नै तालमेल गरी निर्वाचनमा जाने कि भन्ने विकल्पमा छलफल हुन थालेको छ,' राजपाका महासचिव केशव झाले भने।

नेपाल लोकतान्त्रिक फोरमले भने कांग्रेसकै मोर्चामा सहभागी हुनेगरी गृहकार्य गरिरहेको छ। 'हाम्रो कांग्रेससँग छलफल सकरात्मक भइरहेको छ। कांग्रेससँगै मोर्चाबन्दी गरेर चुनावमा जाने पार्टीको निर्णय छ,' नेता जितेन्द्र देवले भने।लोकतान्त्रिक मोर्चामा आवद्ध हुन चाहेका दलहरुले धेरै सिट दाबी गर्न थालेपछि कांग्रेसभित्र एक्लै निर्वाचनमा जानुपर्ने दबाब बढ्न थालेको छ।

कांग्रेसले मधेस केन्द्रित दल र दुई राप्रपा मिलाएर मोर्चा बनाउने गृहकार्य गरे पनि सिट संख्यामा सहमति नजुट्दा कांग्रेसभित्र एक्लै चुनावमा जाने विषयमा समेत बहस सुरु हुन थालेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेस नेताहरुले वाम तालमेलबाट अत्तालिएर सिद्धान्त नमिल्ने दलहरुसँग मोर्चाबन्दी गर्नुभन्दा एक्लै चुनावमा जानुपर्ने विषयमा बहस थालेका हुन्। 

मधेस केन्द्रित दलहरुलाई मोर्चामा ल्याएर अघि बढ्न सम्भव नभए एक्लै जाने विषयमा कांग्रेसमा बहस सुरु भएको नेता बालकृष्ण खाँडले बताए।

उनले भने, 'अहिलेको राष्ट्रिय आवश्कयता भनेको एकता र मेलमिलाप हो। सम्भव भएसम्म मोर्चा बनाउने, नभए वाम गठबन्धनलाई चुनौती दिन कांग्रेस एक्लै काफी रहेकाले धेरै नअलमलिने नीतिमा छ कांग्रेस।'

कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षधरका नेताहरुले वाम गठबन्धनबाट अत्तालिएर लोकतान्त्रिक मोर्चामा सिद्धान्त नै नमिल्ने पार्टीहरुलाई सहभागी गराउन नहुने भन्दै विरोध गरिरहेका छन्। 'सिद्धान्त नमिल्ने पार्टीलाई सहभागी गराएर गठबन्धन निर्माण गर्न नहुने विषयमा केही साथीहरुले विचार राखिरहनुभएको छ। मोर्चाबन्दीको विषय दुई दिनभित्र टुंगो लगाउनेगरी छलफल जारी छ,' नेता मिनेन्द्र रिजालले भने।

गठबन्धनमा सिट संख्या टुंगो लगाउन लोकतान्त्रिक मोर्चाले बुधबार बैठक बोलाएको छ भने वाम गठबन्धनमा आवद्ध दलहरुले पनि टुंगो लाग्न बाँकी क्षेत्रमा सहमति जुटाउन छलफल गर्ने भएका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं
सम्बन्धित सामग्री
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए । आइतबार, कात्तिक २२, २०८३
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वा... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्