काठमाडौं- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन्।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६०(२) बमोजिम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
आचार्य झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ का बासिन्दा हुन्। उनलाई उच्च अदालत, विराटनगरका कायममुकायम मुख्यन्यायाधीश दिनेश यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।