काठमाडौं- नेकपा एमाले लुम्बिनी प्रदेशमा दुई प्रतिष्पर्धीबीच कडा प्रतिष्पर्धा देखिएको छ।
सुरुवाती १०० मत गन्दा अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजालले बराबरी मत पाएका छन्।
उपाध्यक्ष विष्णु पौडेल पक्षधर कँडेल निर्वतमान अध्यक्षसमेत हुन् भने महासचिव शंकर पोखरेलनिकट रिजाल केन्द्रीय सदस्य हुन्।
सहमतिको प्रयास असफल भएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका हुन्। एमालेकै भावी नेतृत्वका रुपमा हेरिएका पौडेल र पोखरेलले यो प्रदेशमा आफूनिकट ल्याउन खोजेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।