काठमाडौं– हत्या अभियुक्त प्रदेश सांसद अनिरुद्धसिंह यादवलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। मंगलबार जिल्ला अदालत सप्तरीले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको थियो।
प्रहरीले उनलाई मंगलबार अदालतमा पेस गरेको थियो। अदालतको आदेशपछि उनलाई थुनामा लगिएको छ।
१६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो। चौधरीको हत्या मुद्दामा यादवलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।