Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मकै बोक्ने ट्युसन

64x64
नेपाल लाइभ बुधबार, भदौ २०, २०७५  ०८:४४
1140x725

एलबी सरकोमा फ्रिमा ट्युसन पढ्थेँ। फ्रिमा किन भने आमाले ट्युसन फि दिन सक्थिनन्। फि दिन नसक्ने आमाहरूबाट पैसा पनि थाप्थेनन् एलबी सर। 

दीलिप, धनबहादुर, काबेरी, आशिषहरू पनि पढ्थे। हामी क्लास बीमा पढ्थ्यौं। क्लास वान जान पढ्दैथ्यौं। 

ट्युसन आएन भने घरैमा लिन आउँथे सर। डिबगोली खेलिरहेको ठाउँमा च्याप्प समात्थे। कानमा समातेर बिरालोलाई जस्तै उचाल्थे। आँखामा पिरो पस्थ्यो। पिलपिलाउँथ्यो। तरक्क आँसु चुहुन्थ्यो। बाख्रालाई डोरीले तानेर मैदानमा खुट्टी गाडेर बान्थ्यौं हामी। एलबी सरचाहिँ कानैमा तानेर हामीलाई ट्युसन पुऱ्याउँथे।

ट्युसन जानु पनि साह्रो नजानु पनि साह्रो।

होम वर्क दिनुहुन्थ्यो। याद गरेर सुनाउनुपर्ने। खातामा पनि लेख्नुपर्ने। 

त्यतिबेला मकै पाकेको थियो। सरको घरमुन्तिर सात वटा गह्रा थियो। बारीमा पाकेको मकै। कोकोले र भ्याकुराले भुर्कुट पारिसकेको थियो। बिहानै ट्युसन पुग्दा आँगनमा पाँच वटा डोको थियो। 

साथीहरू पनि जम्मा भए। सिकुवामा खाताकिताब फिजाउन पनि पाएनौं, सरले भन्नु भो, ‘आजु बारीमा पढ्नुपर्छ है केटाकेटी हो।’

सर डोको बोकेर बारीतिर निस्किनु भो। ‘एकएक वटा डोको बोकेर हिँड मेरो पछिपछि,' सरले भन्नुभयो। हामीले चाल पाइहाल्यौं। आजु पढ्नु पर्दैन। खाताकिताब सिकुवामै फ्याँकेर डोको टिप्न झुत्तियौं। पढ्न नपर्दाको हर्ष डोको बोकाइमा थियो। त्यसैले डोको टिप्न सबै झम्टियौं। 

nimb
nimb
Ncell 2
Ncell 2

अघिल्लो दिन हिसाब सिकाउनुभएको थियो। १० सम्मको गुणा याद गर्नु, जोड्नु, घटाउनु, भाग गर्नु, गुणा गर्नु। मलाई १० सम्मकै गुणा थाहा थियो, यसकारण मलाई समस्या थिएन। तर साथीहरू ७ को गुणासम्म पनि पुग्न सकेका थिएनन्, साह्रो उनीहरूलाई थियो।

तर के र, आज ट्युसन पढ्नै नपर्ने भयो। मकै बोक्ने ट्युसन जो थियो।

सरको पछिपछि हल्ला गर्दै लाग्यौं। 

सरले पुछार बारीमा पुऱ्याउनुभयो। लाइनै राख्नुभयो। एक जनाले मकै भाँचेर डोकोमा हाल्नै लागेको थियो, सरले सिर्कुना हान्नुभयो। त्यसको छेपारीमा सुम्लै उठ्यो। सरले डोकोमा सिर्कुना बोक्नुभएको रहेछ। त्यो देखेर हामी डरले डोको बोकेर सावधानमा उभ्भिएका थियौं। डोको कसैको ठूलो थियो, कसैको सानो। सबैभन्दा ठूलो डोको मेरै थियो। साथीहरूले हतारहतार सानो छानेर बोकेपछि छोडिएको जो डोको थियो त्यो।

सबैभन्दा सानो डोको त्यसकै थियो। धेरै चतुर थियो त्यो। नजानिँदो बदमास पनि। काम देखाउन रिफ्फु। नराम्रो बनाउन रिफ्फु। कुटाइ खुवाउन रिफ्फु।

‘मैले मकै भाँच भने तँलाई?’ सरले त्यसलाई सोध्नुभयो। 

प्रश्न मात्र होइन सरले सिर्कुना पनि उठाउनुभएको थियो। बाँसको हाँगाको खिरिलो सिर्कुना। सुकेको। त्यसले चाक र पासुँला, छेपारीमा भेट्दा जे देख्थ्यौं त्यो पृथ्वीलोक हुन्थेन नै। त्यसले अहिले त्यस्तै लोक देखिरहेको थियो।

त्यसले आँसु पुछ्दै ‘होइन’- मा टाउको हल्लायो। 

फेरि सिर्कुना हान्नुभयो। 

‘अन्त किन बाठो भइस?’ सरको आँखामा रिस त उस्तो देखिन्थेन तर लाग्थ्यो संसारको सबैभन्दा पिटुवा सर एलबी सर नै हुन्।

त्यसैकारण सर खोक्दा पनि पिसाब निस्केला जस्तो हुन्थ्यो।

फेरि सरले सिर्कुना उठाउनुभयो। त्यसको होस गायब होला जस्तो भइसकेकै थियो। एकहातले थाप्लोको नाम्लो थामेर अर्को हात सिर्कुना रोक्न उठाउन थालिसकेको थियो। त्यो हात सिर्कुना जताजता जान्थ्यो उताउतै नाँच्थ्यो।

‘६ को गुणा भन्,’ सरले त्यसैलाई सोध्नुभयो।

यतिखेर त्यो कालोनिलो भइसकेको थियो। कालोनिलो मात्रै किन र हरियोनिल्लै पनि भइसकेको थियो। त्यसको एउटै कारण थियो- ६ को गुणा। जो त्यसलाई कण्ठस्थ छैन।

त्यो भन्दै जान्थ्यो, छ छका छत्तीसपछि अड्किन्थ्यो। पहिलोपल्ट अड्किँदा सरले भन्नुभयो, ‘मनोज मकै भाँच, यो जतिपल्ट अड्किन्छ, त्यतिवटै यसको डोकोमा हाल्नु।’

मैले मकै भाँचेर त्यसको डोकोमा हालिदिएँ। 

त्यो छछछत्तीसबाट अघि बढेन। त्यसको डोको भरियो। 

डोको भरिएपछि सरले एक सिर्कुना फेरि हाने। त्यो भारी बोकेर थरर काम्यो। न भारी झार्न सक्थ्यो न सिर्कुना बज्रेको ठाउँमा छाम्न नै सक्थ्यो त्यो। बस्, थररर काम्थ्यो।

‘जा सिकुवामा खनाएर आइज,’ सरले भन्नुभयो। त्यो थिरिरि हुँदै गयो।

त्यसपछि अर्कोको पालो आयो।

—000—

सबैको डोको त्यसरी नै भरियो।

मेरो पनि पालो आयो। सवाल-जवाफ भयो।

सकेर सरले खिस्स हाँसेर सोध्नुभयो, ‘के गर्छस्?’

मैले भने, ‘हाल्दिनुस् सर।’

सरले मेरो टाउको मुसार्नुभयो र तीन वटा मकै भाँचेर हाल्दिनुभयो। म बोकेर फिलिली कुदेँ। मैले सबै प्रश्नको जवाफ दिएको थिएँ। त्यसै कारण, ‘के गर्छस्?’ भनेर सोध्नुभएको थियो।

सिकुवामा पुग्दा मकै डङ्गुर थुप्रिएको थियो। साथीहरू पासुँलाको सुम्लामा फुफु गरेर फुकिरहेका थिए।

--- यसरी पढाउनुहुन्थ्यो एलबी सरले।

भोलिपल्ट सरले दलगाउँ प्राथमिक पाठशाला जाँदै गरेको मलाई उनको स्कुल ४६ प्राथमिक पाठशाला सार्नुभयो। 

दलगाउँमा बी-मा पढ्दै गरेको म इक्जाम नलेखी ४६ मा वान क्लासमा बसेको थिएँ।

हरेक 'टिचर्स डे'मा मलाई याद आउने उनी नै हुन्।

[भारतमा आजकै दिन (सेप्टेम्बर ५) शिक्षक दिवस मनाउने गरिएको छ।]

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने सोमबार, जेठ ४, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक बस्दै :  नेताहरूको कार्यविभाजन गर्ने तयारी सोमबार, जेठ ४, २०८३
विश्वकप लिग २ : स्कटल्यान्डसँग दोस्रो खेल, नेपालमाथि जित्नैपर्ने दबाब सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्