काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गरेका मन्त्रालयहरूमा कर्मचारीहरूको गुनासो रहेको बताएका छन्। उनले सभापति शेरबहादुर देउवालाई आफ्ना मन्त्रीहरू बोलाएर सम्झाउन आग्रह समेत गरेका छन्।
कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा मंगलबार सम्बोधन गर्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन्।
‘कर्मचारी युनियनमा काम गरिरहेका साथीहरुको मनोबल कसरी उच्च हुन्छ? सभापतिजीले त बुझ्नुभएको छ। मन्त्रीहरूलाई बोलाएर यो कुरा राम्रोसँग सम्झाउनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘होइन भने अफ्ठ्यारो स्थितिमा कर्मचारी परिराख्नुभएको छ। त्यो पनि कांग्रेसले लिएको मन्त्रालयबाट भन्दा आफैंमा पनि झसङ्ग हुन्छ।’
त्यसकारण मन्त्रीहरूलाई बोलाएर सम्झाउन जरुरी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।