• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालेनको सचिवालयले भन्यो– ‘विशेष परिस्थिति’मा गाडी प्रयोग गर्दा ट्राफिक प्रहरीबाट हप्कीदप्की भयो

64x64
नेपाल लाइभ आइतबार, भदौ १७, २०८०  १७:४७
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले बिदाको दिन सरकारी गाडी प्रयोगको विषयमा स्पष्टीकरण दिएको छ। बालेनका स्वकीय सचिव भुपदेव शाहले एक विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी बालेनपत्नी सबिना काफ्लेको जोखिमयुक्त स्थितिमा स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने र सुरक्षाका दृष्टिकोणले समेत उपयुक्त भएपछि महानगरपालिकाको सरकारी गाडी प्रयोग गरिएको बताएका छन्। 

मेयर शाहले सामाजिक सञ्जालमा सरकारलाई ‘चोर सरकार’ भन्दै ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीसहितको उत्तेजक सन्देश लेखेपछि बिदा (शनिबार)को दिन शाहको परिवारले ‘निजी कामका लागि सरकारी गाडी प्रयोग’ गरेको विषय सार्वजनिक भएको थियो। 

मेयर शाहले शनिबार राति सामाजिक सञ्जालमा  लेखेका थिए– 
आजको लागी केहि भएन,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने,
सिंहदरवारमा आगो लगाइदिन्छु।
याद राख चोर सरकार।  
  

ड्यूटीमा रहेका ट्राफिक प्रहरीले आफ्नी पत्नी सवार गाडी रोकेर चेकजाँच गरेपछि शाहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेखेको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।   

सोही विषयमा स्पष्टीकरण दिँदै स्वीकय सचिव भुपदेव शाहले उक्त गाडी मेयर शाह र उनकी श्रीमतीले प्रयोग गर्न पाउनेगरी गृह मन्त्रालयबाट सहमति लिइएको बताएका छन्। स्वकीय सचिव शाहका अनुसार बालेनपत्नी सबिना आफ्नो स्वास्थ्य परीक्षक र एनआईसीयूमा भर्ना रहेका शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९:०० बजेतिर कोटेश्वरमा ट्राफिक प्रहरीले गाडी चेकजाँच गरेका थिए। 

‘जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको, तर त्यस समय उक्त गाडीमा नबोकेको  विषय समेत अनुरोध गरे। नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो,’ शाहले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

ड्यूटीमा रहेका ट्राफिक प्रहरीले सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने’ भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको शाहको भनाइ छ। 

बालेनका स्वकीय सचिव शाहले प्रहरीको व्यवहार र आचरणप्रति प्रश्न उठाउँदै सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नुपर्ने बताएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ। कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काइ दप्काइ गर्ने व्यवहार भयो। कानुनको उल्लंघन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो,’ शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

बालेको सचिवालयले गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गराएको भन्दै खेद समेत प्रकट गरेको छ। 

यस्तो छ बालेका स्वकीय सचिव शाहले जारी गरेको विज्ञप्ति:

मिति: २०८० भाद्र १७
प्रेस विज्ञप्ति

विभिन्न सञ्चार माध्यममा काठमाडौं महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। 

२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएका सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र वहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो। आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयु (NICU)मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९:०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे। नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाइ असान्दर्भिक र मनोमानी प्रश्न गरे। सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो। प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ।

सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ। प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ। कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काइ दप्काइ गर्ने व्यवहार भयो। कानुनको उल्लंघन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो। आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ। यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौ। 
यस्तो आचरणमा रहेका केही प्रहरीका कारण समग्र प्रहरीको सार्वजनिक छविमा आँच आउन सक्छ। पटक पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ, तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन। यसर्थ, गलत आचरण भएका केही प्रहरीहरू माथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौँ। 

अन्त्यमा, मानवीय संवेदनासँग जोडिएका यस्ता विषयमा समाचार सङ्कलन, प्रकाशन/प्रसारण गर्नुअघि मानवीयताका कोणबाट विषयलाई हेर्न, यसले व्यक्ति तथा परिवारको मानसिक अवस्थामा पार्ने नकारात्मक असरप्रति पूर्वानुमान गर्न आमसञ्चारकर्मीहरूमा आग्रह गर्दछौँ।

धन्यवाद।

भुपदेव शाह 
स्वकीय सचिव
प्रमुखज्यूको स्वकीय सचिवालय
काठमाडौं महानगरपालिका

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्