काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बच्चा भदौ ८ गते नै जन्मिएको पाइएको छ। ललितपुर मेडिसिटी अस्पताल स्रोतका अनुसार आइभीएफ प्रविधिबाट उनको शुक्रबार नै बच्चा जन्मिएको हो।
बालेन पत्नी सविना काफ्लेलाई अस्पतालले सोमबार नै डिस्चार्ज गरेको थियो। बच्चा भने अझै एनआइसीयुमा रहेको बताइएको छ।
बच्चा अस्पतालमै भएका कारण बालेन पत्नी सविना दिनदिनैजसो अस्पताल पुग्ने गरेको अस्पताल स्रोतले जनाएको छ। अस्पताल स्रोतले भन्यो, ‘त्यही क्रममा उहाँ शनिबार पनि अस्पताल आउनुभएको हो।’
काठमाडौं महानगरको गाडीमा बालेन पत्नी सविना घर फर्किने क्रममा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो। पत्नी सवार गाडीलाई लिएर केरकार गरेकोमा मेयर शाह आक्रोशित बनेका हुन्। उनले सिंहदरबार नै जलाइदिने धम्की दिँदै शनिबार राति स्टाटस लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।