काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले काठमाडौं उपत्यकाका दुई ठाउँमा छापा मार्दा थप दुई वटा सुन गाल्ने मेसिन बरामद गरेको छ।
६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण भेटिएका हुन्। यसअघि तस्कर समूहले प्रयोग गरेका ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेका छन्।
६० किलो सुन तस्करी प्रकरणमा तस्करहरूले राष्ट्र बैंकमा रहेको भन्दा शक्तिशाली मेसिन प्रयोग गरी सुन गाल्ने गरेको अनुसन्धानमा फेला परेको छ। उक्त प्रकरणमा राजश्व अनुसन्धान विभाग हुदै सीआईबीले अहिले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।