काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन्।
उनले यो सरकार सफल हुने दाबी गरे। कुनै हालतमा सरकारले फेल नखाने उनको भनाइ थियो।
उनले भने, ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन। सरकार सफल हुन्छ। छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ। हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।