काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन्।
सोमबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू कुनै पनि समितिको सभापति नभएको बताएका छन्।
कांग्रेसको शेखर–गगन समूहले कांग्रेसको भागमा परेका चारमध्ये दुई समितिको सभापति पाउनुपर्ने माग राखेको थियो। तर सभापति शेरबहादुर देउवाले तीनवटा सभापतिको नेतृत्व आफ्नो पक्षबाट बनाए।
संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा परियारको नाम सार्वजनिक भएको थियो। तर उनले सोमबार साँझ आफू कुनै पनि समितिको सभापति नरहेको जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘म कुनै पनि समितिको सभापति नभएको जानकारी गराउँदछु। जय नेपाल!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।