काठमाडौं– हिन्दी सिनेमाकी दिग्गज अभिनेत्रीको कुरा गर्ने हो भने सुस्मिता सेनको नाम पक्कै पनि आउँछ। पूर्व मिस युनिभर्स सुस्मिता प्रायः आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनलाई लिएर चर्चाको विषय बन्ने गर्छिन्।
यतिबेला उनले पछिल्लो फिल्म ‘ताली’ बाट धेरै प्रशंसा बटुलिरहेकी छन्।
यसैबीच, एक अन्तर्वार्ताका क्रममा सुस्मिता सेनले एउटा खुलासा गरेकी छन्। उनले आफ्नी छोरी रेनी सेनका लागि अक्षय कुमार स्टारर फिल्मको सुटिङ बीचैमा छाडेको बताएकी छिन्।
सुस्मिता सेन २४ वर्षको उमेरमा एकल आमा बनेकी थिइन्। उनले दुई छोरी रेनी र अलिशालाई लामो समयअघि धर्मपुत्रीका रुपमा ग्रहण गरेकी थिइन्। त्यसयता उनले यी बालिकालाई अभिभावकले जस्तै हेरचाह गरिरहेकी छन्।
हालै ‘द मोजो स्टोरी’ मा सुस्मिताले छोरी रेनीका कारण अक्षय कुमार स्टारर फिल्मको सुटिङ बिचमै छाडेकी थिइन्।
उनले भनिन्, ‘अक्षय कुमार र करिना कपूरको साथमा एउटा चर्चित फिल्ममा म महत्त्वपूर्ण भूमिकामा थिएँ। तर, छोरी रेनी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भइन्। मैले सुटिङ बीचमै छाड्नुपर्योत। त्यो बेला रेनीलाई मेरो धेरै खाँचो थियो, मेरो जीवनमा केही राम्रो चलिरहेको बेला उनी मेरो जीवनमा आएकी थिइन्। उनको अवस्था निकै नाजुक थियो। म अक्षय र करिनासँग क्यानडामा फिल्मको सुटिङ गर्दै थिएँ। जुन मल्टिस्टार फिल्म थियो। मलाई बम्बईबाट फोन आयो, मेरो बुबाले रेनीको हेरचाह गर्दै हुनुहुन्थ्यो र उहाँलेछोरी अस्पतालमा भर्ना भएको बताउनुभयो। म मुम्बई फर्किएँ।’
हालै सुस्मिता सेनले ओटीटी फिल्म ‘ताली’ मा गौरी सावन्तको भूमिकामा दमदार अभिनयका कारण सबैको मन जितेकी छन्। अब उनलाई धेरै फिल्म र वेब सिरिजमा हेर्नका लागि प्रशंसकहरू उत्साहित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।