सिड्नी – युद्धग्रस्त मुलुक सिरियालाई समग्रमा ३–२ ले पराजित गर्दै अस्ट्रेलियाले फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्ले अफमा स्थान पक्का गरेको छ।
एसिया छनोटको चौथो चरणको दोस्रो लेगमा अस्ट्रेलियाले सिरियालाई २–१ ले हरायो। सिड्नीमा भएको खेलमा अस्ट्रेलियाका लागि टिम काहिलले १३ र १ सय ९ मिनेटमा गोल गरेका थिए । त्यसअघि छैटौं मिनेटमा अल सोमाले सिरियालाई अग्रता दिलाए।
यसअघि मलेसियामा बिहीबार भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो। अस्ट्रेलियाले अब उत्तर अमेरिका छनोटको चौथो स्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्ने छ। होम एन्ड अवेमा हुने उक्त खेल जित्ने टिम विश्वकपमा छनोट हुनेछ।
एसियाबाट यसअघि नै जापान, साउदी अरेबिया, दक्षिण कोरिया र इरानले एक वर्षपछि रसियामा हुने विश्वकपमा स्थान पक्का गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।