काठमाडौं- नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले गठबन्धनको नाममा गलत कामको शिकार हुन नहुने बताएका छन्।
आफूहरुले संविधानको रक्षा गर्ने भनेको र संविधानकै रक्षा गर्न गठबन्धन भएता पनि गठबन्धनले नै एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्चले फैसला दिइरहेको बताए।
‘कोशीमा मात्रै दुईचोटि संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ। हाम्रो पार्टीले यस्तो सवालमा कस्तो धारणा राख्ने हो? हाम्रो पार्टी स्पष्ट हुनुपर्छ। हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामहरूको शिकार हुनुहुँदैन’, उनले भने।
शनिबार पार्टी स्थापनाको दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम राखेर अगाडि बढ्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।