• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मालेले चौथो महाधिवेशन आयोजना गरेको त्यो घर, जहाँ ३४ वर्षपछि बस्दैछ एमालेको सचिवालय बैठक

64x64
किशोर दहाल सोमबार, भदौ ४, २०८०  २०:३७
1140x725
फोटो स्रोत- प्रदीप ज्ञवालीको ट्विट

काठमाडौं- सोमबार दिउँसो नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एउटा घरको फोटोसहित ट्विट गरे। जिर्ण अवस्थामा पुगेको देखिने सो घर ऐतिहासिक भएको स्थापित गर्न उनले लेखेका छन्, ‘नेकपा मालेद्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ठीक ३४ वर्षपछि त्यसैदिन र त्यसै हलमा नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने तयारी हुँदैछ।’

मालेको चौथो महाधिवेशन २०४६ भदौ ९ देखि १४ सम्म आयोजना भएको थियो। एमालेले त्यही घरमा केन्द्रीय सचिवालयको बैठक आयोजना गरेको हो। बैठकबाट केही सन्देश दिने एमालेको तयारी छ।

ज्ञवालीले इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्ने आफूहरुको प्रयास रहेको ट्विटमा उल्लेख गरेका छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले इतिहासको महत्त्वपूर्ण क्षणलाई स्मरण गर्ने उद्देश्यका साथ त्यहाँ सचिवालय बैठक आयोजन गर्न लागिएको बताए। ‘हामीले कस्तो चरणहरू पार गर्दै आजको बिन्दुसम्म आइपुग्यौं भनेर भन्ने विषयलाई रिभ्यु गर्ने र त्यसका भावनालाई आजको सन्दर्भमा जोड्ने हाम्रो प्रयास हो’, उनले भने।

नेकपाको स्थापना भएको ७५ वर्ष पुगेकाले त्यस ठाउँमा पछिसम्मै सम्झनलायक हुने गरी केही कामको घोषणा गर्ने ज्ञवालीले बताए। त्यस्तै, जनतासँग नेताहरूको अन्तरक्रिया गरिने सभा पनि त्यहाँ आयोजना हुनेछ। ‘त्यतिबेलाका मालेका त्यत्रा नेताहरू, जो जेल तोडेर बाहिर निस्किनुभएको थियो। कतिपयको टाउकोको मूल्य तोकिएको थियो। जनताको सहभागिता बिना उनीहरु सुरक्षित रहन र महाधिवेशन गर्न सम्भव नै थिएन’, ज्ञवाली भन्छन्, ‘त्यो विषयलाई पनि स्मरण गर्छौं र पार्टीलाई जनतासँग पनि जोड्छौं।’

माले गठनको ११ वर्षपछि आयोजित महाधिवेशन
२०२८ को झापा विद्रोहको जगमा कोके र नेकपा माले गठन भएको थियो। २०३५ पुसमा माले गठन भएपछि केही वर्षभित्रै सो पार्टीले उतारचढाव व्यहोरेको थियो। २०३७ मा सम्पन्न जनमत संग्रहमा भाग लिने कि नलिने जस्ता सन्दर्भ मात्रै होइन, २०३८/३९ सालतिर सिर्जना भएको पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता जस्ता विषयले पनि मालेलाई तरंगित बनाएको थियो।

त्यसैक्रममा पार्टीको आगामी कार्यदिशा, महासचिव सीपी मैनालीको कार्यशैली लगायतका विषयमा मालेमा विवाद बढेको थियो। पार्टीभित्र मतभेद बढेसँगै महासचिव मैनाली निरन्तर अल्पमतमा पर्दै गए। उनका चाहना वा लाइन विपरीतका निर्णयहरु हुन थाले। अन्ततः महासचिव मैनालीले अनुशासन उल्लंघन गरेको भन्दै २०३९ कात्तिक अन्तिममा बसेको केन्द्रीय कमिटीको बैठकबाट उनी महासचिवबाट मुक्त गरिए। एक वर्षपछि उनी थप कारबाहीमा परे। गुटबन्दीसमेत गरेको आरोपमा उनी पोलिटब्यूरो र केन्द्रीय समितिबाट हटाइए।

मैनालीलाई हटाइएपछि झलनाथ खनालले पार्टीको नेतृत्व गरेका थिए। उनले झन्डै सात वर्ष पार्टी नेतृत्व गरे।

यतिञ्जेल राष्ट्रिय अन्तर्राष्ट्रिय परिवर्तन पनि व्यापक भइसकेको थियो। खासगरी निरंकुश पञ्चायती शासनबाट मुक्ति पाउनुपर्ने थियो। त्यसका लागि संघर्षका अनेक बाटोको खोजी भइरहेका थिए। अर्कोतिर, मालेभित्र मदन भण्डारीको वैचारिक र नेतृत्वदायी वर्चस्व स्थापना हुँदै गइरहेको थियो। त्यही सन्दर्भमा महाधिवेशन गरिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

‘माले स्थापना भएको ११ वर्ष भइसकेको थियो। त्यसबीचमा अनेक घटना घटिसकेका थिए। परिस्थितिमा परिवर्तन भएको थियो’, वरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन्, ‘प्रतिकूलताका कारणले महाधिवेशन गर्न ढिलाइ भइसकेको थियो। त्यसैले २०४६ सालमा हामीले महाधिवेशन गरेका हौं।’

पञ्चायती व्यवस्था कायमै रहेका कारण देशभित्र महाधिवेशन आयोजना गर्नु नै जोखिमपूर्ण थियो। तर मालेले त्यो आँट गरेको थियो। ज्ञवाली भन्छन्, ‘पञ्चायती व्यवस्था लागू भइसकेपछि ३० वर्षको अवधिमा कम्युनिस्ट पार्टीले देशभित्रै आफ्नो महाधिवेशन वा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको यो नै पहिलो पटक थियो। नत्र त धेरैले भारतमा निर्वासित अवस्थामा कार्यक्रम गर्नुभएको थियो। हामीले देशभित्रै पञ्चायती दमनका बाबजुद पनि महाधिवेशन आयोजना गरेका थियौं।’

कसरी भयो घर छनोट?
अहिले एमालेका वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलले तत्कालीन कोके र मालेकालमा मधेश क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाएर करिब आठ वर्ष पार्टी गतिविधि गरेका थिए। पार्टीले गरेको क्षेत्र वर्गीकरण अनुसार उनी मध्यदक्षिण क्षेत्र (बारा-पर्सादेखि सप्तरी-उदयपुरसम्म) को प्रमुख थिए। २०४६ सालको चौथो महाधिवेशनअघि भने उनी लुम्बिनी क्षेत्र सरुवा भएका थिए। मध्यदक्षिण क्षेत्र पनि दुई भागमा विभाजित भयो- कमला पूर्व र कमला पश्चिम। पोखरेलको सरुवा भएपछि सो क्षेत्र मदन भण्डारीले नै हेरिरहेको थिए।

महाधिवेशन आयोजना गर्ने भएपछि उपयुक्त ठाउँको खोजी भएको थियो। पोखरेल सम्झिन्छन्, ‘त्यस सिलसिलामा अर्घाखाँची, रुपन्देही, धनुषा, मोरङ तथा झापाका विभिन्न ठाउँ पुगेर अवलोकन गर्‍यौं। तर, सिरहा नै उपयुक्त देखियो।’

लामो समय त्यस क्षेत्रमा रहेर राजनीति गरेको र त्यहाँको वस्तुस्थितिका बारेमा पनि राम्रो जानकारी राख्ने भएकाले महाधिवेशन व्यवस्थापनको जिम्मेवारी पोखरेलले पाए।

यसबीचमा एउटा घटना घट्यो। खासगरी सिरहास्थित पूर्व-पश्चिम राजमार्गको दक्षिणी भेगमा रहेको एउटा गाउँमा महाधिवेशन गर्ने तय भइसकेको थियो। त्यसको तयारी पनि लगभग सकिइसकेको थियो। ‘तर हाम्रो कागजपत्र, नक्सा, तयारी योजनाहरु एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा हरायो। त्यसपछि हामीलाई डर भयो। र त्यो ठाउँमा हामीले महाधिवेशन गरेनौं’, पोखरेल सम्झिन्छन्।

केही समयपछि उत्तरतिर पर्ने विष्णुपुरको सर्रे अम्बास भन्ने ठाउँ, जो अहिले धनगढीमाइ नगरपालिका अन्तर्गत पर्छ। त्यस ठाउँलाई छनोट गरियो। पोखरेलका अनुसार, जुन घरमा महाधिवेशन हुँदै थियो, त्यो घर हिराबहादुर सुनुवारको थियो। उनी मालेकै जिल्ला कमिटीमा थिए। यद्यपि, उनको घर भने सानो थियो। तर महाधिवेशनकै लागि भनेर काठको नयाँ दुई तले घर बनाइएको थियो।

महाधिवेशनमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मदन भण्डारी, सीपी मैनाली, केपी ओली, जीवराज आश्रित, मोदनाथ प्रश्रित, वामदेव गौतम, अमृत बोहरा, राधाकृष्ण मैनाली, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, युवराज ज्ञवाली लगायत लगभग १०० जनाको सहभागिता थियो। (मेरो पाइला मेरो अनुभव/अष्टलक्ष्मी शाक्य)

महाधिवेशनपछि मालेले जारी गरेको विज्ञप्ति अनुसार, महाधिवेशनमा सबैभन्दा बढी उमेर ५५ र सबैभन्दा कम उमेर २५ का प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए। उपस्थितमध्ये ३० वर्ष मुनिका १५ प्रतिशत, ४५ माथिका ७ प्रतिशत तथा ३०-४० बीचका ७७ प्रतिशत थिए। औसत उमेर ३६ वर्ष थियो। त्यसमा ९५.३ प्रतिशत पुरुष र ४.७ प्रतिशत महिला थिए।

२०४६ भदौ ९ गते महाधिवेशन सुरु भएको थियो। टाँडे घरको पूरै तला प्रतिनिधिले भरिएको थियो। महाधिवेशन हलमा हँसिया-हथौडा अङ्कित झन्डा, मार्क्स, लेनिन र माओका विचारहरु भित्तामा लेखिएका थिए। मध्यदिनमा महाधिवेशन उद्घाटन भयो। प्रदीप नेपालको अगुवाइमा अन्तर्राष्ट्रिय गीतको धुनसँगै उद्घाटनको औपचारिकता सकिएको थियो। (श्वेतशार्दूल/रमेश रुछेन राई)

के-के गर्‍यो महाधिवेशनले?
महाधिवेशनअघिसम्म कांग्रेस र कम्युनिस्ट पार्टीहरु पञ्चायतविरुद्ध आक्रामक त थिए। तर त्यसकाविरुद्ध एकताबद्ध भएर उभिएका भने थिएनन्। कांग्रेस कम्युनिस्टसँग मिलेर आन्दोलन गर्न तयार थिएन। कम्युनिस्ट शक्तिहरु कांग्रेसलाई प्रतिक्रियावादी वर्गको प्रतिनिधित्व गर्ने शक्ति नै ठान्थे। यही महाधिवेशनले नै प्रधान शत्रु (पञ्चायती सत्ता)का विरुद्ध सम्भव भएका सबै शक्ति एक भएर उभिनुपर्छ भन्ने बाटो तय गर्‍यो। अर्थात्, निरंकुश र निर्दलीय शासनका विरुद्ध संयुक्त संघर्षको कार्यदिशा पारित गर्‍यो। ज्ञवाली भन्छन्, ‘त्यहाँबाट फर्केर आएपछि हामीले संयुक्त वाममोर्चा गठन गर्‍यौं। कांग्रेससँग संयुक्त मोर्चा बनायौं। २०४६ सालको जनआन्दोलन त्यसकै जगमा उठेर सफल भएको थियो।’

यो महाधिवेशनले बहुदलीय प्रतिस्पर्धालाई पनि स्वीकार गर्‍यो। मुकुन्द न्यौपाने लेख्छन्, ‘मालेको चौथो महाधिवेशनले बहुलवाद र बहुदलीयतालाई स्वीकार गर्‍यो र राजनीतिक प्रतिस्पर्धाको बाटो पनि आवश्यक बेलामा अंगीकार गर्ने कुरालाई सहमत जनायो। यो निर्णय हालसम्म मालेले लिएको एकदलीय जनवाद परित्याग र बहुदलीय जनवादको सूत्रपक्षको थालनी थियो।’ (जननेता मदन भण्डारीसँगको सहयात्रा/मुकुन्द न्यौपाने)

तत्कालीन मालेले २०४६ को जनआन्दोलन सफल भएर बहुदलीय प्रतिस्पर्धायुक्त शासन प्रणाली सुरुहुनुअघि नै महाधिवेशनबाट सूत्रीकृत गरेर आफूलाई तयार राख्यो। र २०४६ को जनआन्दोलनपछि पार्टीले निर्धक्क भएर संसदीय अभ्यास गर्‍यो।

यही महाधिवेशनले मालेको मार्गदर्शक सिद्धान्तबाट माओ विचारधारालाई हटायो। शाक्यको भनाइ छ, ‘माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्तबाट हटाउने प्रस्तावप्रति क अमृत बोहरा (क अमर सिंह) समेत १२-१३ जना कमरेडहरुले असहमति जनाउनुभएको थियो र मैले पनि असहमति जनाएकी थिएँ। तर मदान हुँदा माओत्सेतुङ्ग विधारधारा अल्पमतमा परेको थियो।’ (मेरो पाइला मेरो अनुभव/अष्टलक्ष्मी शाक्य)

महाधिवेशनले २० सदस्यीय केन्द्रीय कमिटी चयन गर्‍यो। जसमा मदनकुमार भण्डारी, माधवकुमार नेपाल, जिवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा, चन्द्रप्रकाश मैनाली, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोखरेल, वामदेव गौतम, मोदनाथ प्रश्रित, केपी ओली, अशोक राई, युवराज ज्ञवाली, त्रिलोचन ढकाल, राधाकृष्ण मैनाली, केदार न्यौपाने, केशव बडाल, युवराज कार्की र गोपाल शाक्य थिए।

केन्द्रीय कमिटीको बैठकले मदन भण्डारीलाई महासचिव चयन गर्‍यो। भण्डारी त्यतिबेला पार्टीभित्रका वैचारिक बहस र छलफलमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थालिसकेका थिए। र उनी नै अबको नेतृत्वकर्ता हुन् भनेर पार्टीपंक्तिले पनि महसुस गर्न थालिसकेका थिए।

एउटा रोचक प्रसंग। २०३९ सालमा सीपीलाई विस्ताथित गर्दै झलनाथ खनाल महासचिव छानिएपछि सीपीसँग सम्बन्ध चिसिएको थियो। उनीहरु सोझो हेराहेर गरेर बोल्न पनि सक्दैनथे तर महाधिवेशन कक्षमा मोदनाथले दुवैका घुँडा जोडाइदिए। उनीहरुका घुँडा जोडिँदा सबै प्रतिनिधि खुसी भए। महाधिवेशन सकेर आ–आफ्नो कार्यक्षेत्र फर्कँदा दुवै धनुषासम्म सँगै जाने साझा प्रस्ताव तयार गरेका थिए। (श्वेतशार्दूल/रमेश रुछेन राई)

(विज्ञप्ति स्रोत- सुरेन्द्र पाण्डेको फेसबुक पेज)

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्