काठमाडौं– फिल्म ‘तेरे नाम’ बाट रातारात चर्चामा आएकी भूमिका चावलाले ४५औं जन्मदिन मनाइरहेकी छन्। यस फिल्मबाट उनलाई उचाईमा पुर्याए पनि यसपछि भूमिका पर्दाबाट गायव जस्तै भइन्।
भूमिका चावलाले आफ्नो करिअर विज्ञापन र फिल्मबाट सुरु गरेकी थिइन्। भूमिकाको पहिलो विज्ञापन पाउडर बिक्रेताको थियो। दिल्लीमा पढाइ पूरा गरेपछि भूमिका मुम्बई आइन् र टिभी सिरियल ‘हिप हिप हुर्रे’ मा देखा परेकी थिइन्।
भूमिका चावलाले बलिउडमा प्रवेश गर्नुअघि तेलुगु फिल्मबाट आफ्नो करिअर सुरु गरेकी थिइन्। पवन कल्याणदेखि महेश बाबु र जुनियर एनटीआरसम्मका धेरै स्टारसँग काम गरिसकेकी छन् उनले।
भूमिका चावलाले फिल्म ‘तेरे नाम’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। फिल्ममा सलमान खानसँग उनको जोडीलाई दर्शकहरुले मन पराए र फिल्म हिट भयो। उनी रातारात चर्चामा आइन्। भूमिका चावलाले अन्तर्वार्तामा आफूलाई धेरै फिल्ममा रिप्लेस गरिएको खुलासा गरेकी थिइन्। जसमा फिल्म ‘जव वी मेट’ पनि समावेश छ।
भूमिका चावलाले सन् २००७ मा प्रेमी भरत ठाकुरसँग विवाह गरेकी थिइन्। भूमिका अहिले पर्दाबाट गायब छिन्, धेरैले यस्तै सोचेका छन्। तर उनी पर्दाबाट नटाढिएको बताउँछिन्।
भूमिका पछिल्लो पटक सलमान खान स्टारर फिल्म ‘किसी का भाई किसी की जान’ मा देखिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।