काठमाडौं- कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालन गर्ने तोकादेश पाएका कांग्रेस सांसद इस्त्राइल मन्सुरीले प्रदेशसभाको बैठक सञ्चालन गर्ने भएका छन्।
सोमबार बिहान बसेको कार्यव्यवस्था समितिले बैठक स्थगित गर्ने निर्णय गरेको थियो। तर आजै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री उद्धप थापा रहेका छन्। दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले मन्सुरीले बैठक सञ्चालन गर्ने निर्णय गरेको हो।
आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनका लागि बोलाइएको थियो। बहुमतका लागि ४७ सांसद रहेको गठबन्धनमा मन्सुरीले अध्यक्षता गरे पनि थापालाई विश्वासको मत दिनलाउने रणनीति सत्ता गठबन्धनले बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।