काठमाडौं- समाजवादी मोर्चा नेपालले सात वटै प्रदेशमा मोर्चा गठन र सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको छ। मोर्चाका संयोजक एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले आगामी दिनमा मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउने र सबै प्रदेशमा मोर्चा गठन तथा सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको मोर्चाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सोमबारको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपपाका महासचिव विप्लव सी लगायतको उपस्थिति थियो।
बैठकले यही भदौ ८ गते मधेस, १२ गते लुम्बिनी, १३ गते सुदूरपश्चिम, १४ गते कर्णाली, १५ गते गण्डकी, २३ गते बागमती र २५ गते कोशी प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको मोर्चाको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।