Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अहिले देशमा इतिहासको सबैभन्दा लोकप्रिय सरकार छः वर्षमान पुन

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०८०  १७:११
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जनतामा लोकप्रिय भएको दाबी गरेका छन्। 

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै वर्तमान सरकार उनले इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको दाबी गरेका हुन्। सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो।

‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ। सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ’, पुनले भने,  ‘इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ।’ पुनले मुलुकलाई सही नेतृत्व गर्नसक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताएका छन्।
 
पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उनले सोही क्षमताका कारण प्रतिनिधि सभामा तेस्रो शक्ति भएर पनि आफ्ना अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए। प्रचण्ड माओवादीको मात्र नभई कांग्रेस र एमालेकोसमेत नेता भएको उनको दाबी थियो। 

‘३२ सिटसहित प्रतिनिधि सभामा हामी तेस्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं’, पुनले भने, ‘राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो। कांग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ।’ गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो।

‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ।  तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन्।’ पुनले आफ्नो अध्यक्ष नेतृत्वको वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

ठूला भ्रष्टाचार र बेथितिहरुमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ थियो। पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरुसँग चिढिएको बताए। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा पुनले गरे।

तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको उनले बताए। ‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको र कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो’, पुनले भने।
 
सरकारले गरेको राम्रा कामबारे जनतामा सम्प्रेषण गर्ने यद्देश्यले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले तीन महिने अभियानको कार्यक्रम पारित गरेको बताए। पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशका एक–एक वडामा आफैं गएर संगठन निर्माण गर्छु भन्नुले पार्टीमा नयाँ रक्तसञ्चार पैदा भएको उल्लेख गरे।
 
उनले आफ्ना अध्यक्ष प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिँड्नसक्ने कौशलता रहेकै कारण गत निर्वाचनमा पार्टी ३३ सितसहित तेस्रो शक्तिमा खुम्चिए पनि मुलुकको नेतृत्व गर्ने मौका आएको बताए। सरकारमा कांग्रेससहितका दलसँगको सहकार्यमा रहेको भए पनि राष्ट्रिय मुद्दाहरुमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरु रहेको उल्लेख गरे।

संसद्का विषयगत समितिहरुमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानकै लागि प्रतिपक्षी एमालेलेलाई तीन समितिको सभापति दिने सहमति भएको उनको भनाइ थियो। १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणमा सहकार्य गरेर आएको कांग्रेसलाई छाडेर आजको रानजीति अगाडि नबढ्ने उनको स्पष्टोक्ति थियो। 

आजको राजनीतिमा कांग्रेससँग मुद्दा मिलेकाले सरकारमा सँगै रहेको भन्दै उनले रणनीतिक र सैद्धान्तिक रुपमा कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ भन्नेमा आफूहरु स्पष्ट रहेको जनाए। ‘अहिलेको परिवर्तन सही छ। यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्नेसँग सहकार्य गर्छौं’, उनले भने, ‘देशभित्रका मुख्य पार्टीहरुलाई सन्तुलन गरेर जाने हाम्रो नीति छ।’

नेता पुनले पूर्वमाओवादीसहित विचार र पृष्ठभूमि मिल्ने दलहरुसँग एकता र ध्रुवीकरण गर्दै जाने नीति रहेको पनि उल्लेख गरे। ‘हाम्रो अध्यक्ष प्रचण्डलाई बायाँतिर साइड लाइट देखाएर बायाँ हिँड्ने र बायाँतिर साइडलाइट देखाएर दायाँ हिँड्ने चरित्रको भन्ने पनि गरिएको छ’, उनले भने,  ‘कहिलेकाहिँ २४ घण्टामा पनि परिस्थितिमा फेरबदल आउन सक्छ। फेरिएको परिस्थितिअनुसार अघि बढ्न हामी सिपालु छौं। यो हाम्रो अध्यक्षको तरिका हो। माओवादी तरिका हो। विगतदेखि नै हामी यसैगरी आइरहेका छौं।’

झट्टा हेर्दा छिटो कार्यनीति बदल्ने आफूहरुको तरिका विरोधाभाषपूर्ण लागे पनि त्यो सही र मुलुकको हितमा भएको दाबी पुनले गरे। फरक प्रसंगमा पुनले रुस–युक्रेन युद्धपछि अमेरिका–चीनलगायत शक्ति राष्ट्र र उनीहरुलाई समर्थन गर्ने मुलुकहरुबीच तीव्र ध्रुवीकरण भइरहेको चर्चा गरे। यद्यपि नेपाल असंलग्नताको नीतिअनुसार कुनै पनि ध्रुवीकरणको पक्षमा नलाग्ने स्पष्ट गरे।

यद्यपि, विकास साझेदारका रुपमा भने सबै मुलुकसँग बराबर सम्बन्ध कायम गरी सहकार्यको नीति लिइने उल्लेख गरे। ‘सुरु–युक्रेन युद्धको भूराजनीतिक प्रभाव एसिसा र दक्षिणपूर्वी एसियाका देशहरुमा पनि परेको छ। हाम्रो परराष्ट्र नीति असंलग्न हो। कुनै पनि सैन्य गठबन्धनमा आबद्ध हुँदैनौं’, पुनले भने, ‘तर, हाम्रो राष्ट्रिय हितमा हुने गरी आर्थिक विषयमा सबैसँग सहकार्य गर्छौं।’

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सांसद नारायणदत्त मिश्रले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएता पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कुनै ठोस योजना नआएको... सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनसँग जो... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभा बैठक || LIVE|| सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्