• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बागी उठेका उम्मेदवारले आत्मलोचना गरे कारबाही फुुकुवा गर्ने एमालेको निर्णय

64x64
रासस शनिबार, भदौ २, २०८०  ०६:२५
1140x725

काठमाडौं- नेकपा एमालेले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नवीकरण गर्ने भएको छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ।

अपानीमा अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने जनाएको छ। पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ। 

पार्टीले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको अपानीमा जनाइएको छ। 

उम्मेदवारी शुल्क पाँच सय मात्र 
पार्टीले अधिवेशनमा उमेदवारी शुल्क अधिकतम रु पाँच सय कायम गर्ने निर्णय गरेको छ। अन्तरपार्टी निर्देशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट प्रतिकूल रहेकाले अधिवेशनमा उमेद्वारी शुल्क अधिकतम् रु पाँच कायम गर्ने निर्णय गरिएको उल्लेख छ। पार्टीले विभिन्न पदको उमेदवारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम शुल्कको आधारमा मिलाउन समेत निर्देशत गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘फेक एकाउन्ट’ बन्द गराउने पहल
एमालेले पार्टीको नाम, लोगो र झण्डा सामाजिक सञ्जालमा दुरुपयोगको भएको जनाउँदै ‘फेक एकाउन्ट’ बन्द गराउन पहल गर्ने निर्णय गरेको छ। 

‘सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुप्रयोग भइरहेको छ। यसले पार्टीपङ्क्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ’, अपानीमा भनिएको छ, ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका ‘फेक एकाउन्ट’ बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ।’

एमालेले भविष्यमा पार्टीमा प्रवेश गर्नेको सम्भावनालाई ध्यानमा राखी कमिटी निर्माण गर्दा कमिटीको अधिकतम सङ्ख्याभन्दा कम गर्ने अपानीमा भनिएको छ। एमालेले विगतमा कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न पाउने अधिकारलाई अधिवेशनकै समयमा प्रयोग गर्नेजस्ता गल्ती भएको भन्दै यदि अधिवेशनबाटै कमिटीको मनोनयनका अधिकार प्रयोग गरेमा उक्त निर्णय स्वतः बदर हुने अपानीमा जनाइएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

छ केन्द्रीय सदस्यबाट बिदा
एमालेले छ जनालाई केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ। पार्टीले केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादव हटाएको छ। उनीहरूलाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको अपानीमा उल्लेख गरिएको छ। 

यस्तै स्वास्थ्य लगायतका कारणले चार केन्द्रीय सदस्यलाई हाललाई कामबाट बिदा दिने निर्णय गरिएको छ। यसरी बिदा पाउनेमा केन्द्रीय सदस्यद्वय अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) रहेका छन्।

यस्तै अपानीमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएको छ। 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्