काठमाडौं- नेकपा एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ। सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय विभागमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो।
एमालेले नयाँ जिम्मेवारीसहितको अन्तर पार्टी निर्देशन (अपानी) तल्लो तहमा सबै कमिटीहरुमा पठाएको छ।
नयाँ जिम्मेवारीअनुसार एमालेले बागमती प्रदेशको जिम्मेवारी गुरु बराललाई दिएको छ ।
एमालेले काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंका २ वटा नगरपालिकाको जिम्मा दिएको छ। उनलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको जिम्मा दिइएको हो।
अघिल्लो वर्ष वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उठेका केशव स्थापितलाई पदमुक्त गरेको छ। स्थापितका साथमा एमालेले प्रमाेदनारायण यादवलाई पनि पदमुक्त गरेकाे छ।
यसैगरी सचिवालय बैठकले पुष्पलाल, मदन भण्डारी र मनमाेहन अधिकारीका साथमा अध्यक्ष केपी शर्मा ओलीबाहेकको फोटो प्रयोग नगर्ने निर्णय पनि गरेको छ।
पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।