काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा अल्मलिएको माओवादीले पुन: बाटो पहिल्याएको बताएका छन्। जनयुद्धको बेला माओवादी र जनताको सम्बन्ध माछा र पानीजस्तो रहेको तर सरकारमा आएपछि आफूहरू केही अल्मलिएको उनले बताए।
तर अहिले फेरि परिवर्तनको दिशातर्फ आफूहरूले बाटो पहिल्याएको उनले बताए। बिहीबार रामेछापको दोरम्बामा आयोजित २०औँ दोरम्बा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध समाजवादी क्रान्ति सफल बनाउन आफू लागेको बताए।
उनले ३ महिनाभित्र माओवादी जिवन्त पार्टीका रूपमा आउने दाबी गरे। भ्रष्टाचारविरुद्धको अभियान चालेपछि पार्टीप्रति जनतामा विश्वास बढेको बताउँदै उनले अबको निर्वाचनमा २०६४ सालको भन्दा बलियो भएर उदाउने बताए। उनले भने, ‘अर्को ३ महिनामा हाम्रो पार्६ी जिवन्त पार्टीका रुपमा आउँछ, अबको निर्वाचनमा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउँछ।’
अहिले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ थियो। सुशासनका लागि चालिएको भ्रष्टाचारविरोधी अभियानमा अन्य दलहरूबीच एकआपसमा सम्बन्धित रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।