• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

उही पदमा मनोनीत हुनु आपत्तिजनक लाग्यो, सभापतिमा उठ्छु: एलिजा ढकाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०८०  ०८:२०
1140x725

नेपाल विद्यार्थी संघको सभापतिमा दुजाङ शेर्पालाई जिम्मेवारी तोकेको १६ महिनापछि गत साउन २२ गते तदर्थ समिति विस्तार भयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० जनाको जम्बो टिम घोषणा गरे। तर संस्थापन इतर समूहका विद्यार्थीले नेविसंघको केन्द्रीय समिति समावेशी नभएको र  विद्यार्थी आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि अन्याय भएको भन्दै पार्टी कार्यालय सानेपामा धर्ना सुरु गरेका छन्। चार जना केन्द्रीय सदस्यहरूले राजीनामा दिइसकेका छन्। विधानसम्मत नेविसंघको केन्द्रीय कार्यसमिति माग गरेर राजीनामा दिएकी नेविसंघ नेता एलिजा ढकालसँग नेपाल लाइभका पुष्पा केसीले गरेको कुराकानीको सम्पादित अंश: 

नेविसंघ केन्द्रीय सदस्यबाट राजीनामा किन दिनुभयो?
नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनबाट म निर्वाचित केन्द्रीय सदस्य हुँ। सोही पदमा पुनः मनोनित हुने भन्ने कुरा मलाई अफेन्सिभ (आपत्तिजनक) लाग्यो। सुरुमा कार्यसमितिमै बसेर संघर्ष गर्नुपर्छ भन्ने लागेको थियो। तर महिलाहरूको प्रतिनिधित्व हेर्दा जम्मा १२ प्रतिशत मात्रै रहेछ। नेविसंघ भनेको तरुण दल जस्ता अन्य भातृ संगठन जस्तो होइन। यो त विद्यालय, विश्वविद्यालयका कक्षाबाट सुरु हुने संगठन हो। यसमा छात्र र छात्रा बराबर सहभागिता हुनुपर्ने हो। यसमा महिलाहरूको सहभागिता ५० प्रतिशत हुनुपर्ने थियो। संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत पनि घटाएर १२ प्रतिशतमा खुम्चाइयो। लामो सयमदेखि संघर्ष गरेका महिलाहरू समेटिएनन्। उनीहरू अझै बाहिर रहँदा उनीहरूको संघर्षमा साथ दिनुपर्छ भन्ने लाग्यो।

दोस्रो नेविसंघ बन्ने प्रक्रिया नै गलत भयो। पार्टी, पार्टीका नेताहरूको सहमतिमा को कहिलेबाट नेविसंघमा आवद्ध भयो?कसको योगदान कति छ? हेर्ने भन्दा पनि को कसको टिमको? भन्ने हेरियो। त्यसरी नेतृत्व छनोट गरेको देखियो। जो नेविसंघ भनेर नेताको नजिक नगइकन कलेज, क्याम्पसका विद्यार्थीहरू काम गरिराखेका छन्। जिल्लामा बसेर काम गरिराखेका छन्। जसले कुनै नेता चिन्दैनन्, तर विद्यार्थीको माझमा पपुलर छन्। उनीहरू केन्द्रीय कार्यसमितिमा आउन बञ्चित भएका छन्। म निर्वाचित भइसकेको हुँ, आखिर म भोलि पनि केन्द्रीय सदस्य नै हुने हो? आज पनि केन्द्रीय सदस्य नै छु। बरु बाहिर नै बसेर नेपाल विद्यार्थी संघमा संघर्ष गर्नुपर्छ, महिला सहभागिताको प्रश्न उठाउनु पर्छ भनेर मैले राजीनामा दिएँ।

नेविसंघको तदर्थ समितिमा एउटै कक्षा र एउटै वडाका चार/चार जना समेत केन्द्रीय सदस्य भएका छन्। कतै मान्छेको अभावले त होइन नि? 
यो विषयमा मैले भन्न सक्ने कुरा भएन। गुटगत रुपमा आउँदा कसरी उहाँहरूले छान्नुभयो। तर छनोट गर्दा छात्र र छात्राको संख्याको यकिन हुनुपर्थ्यो। त्यसपछि हरेक विद्यार्थीको कलस्टर छुट्याउनु पर्थ्यो। अहिलेको नेविसंघ कसरी आयो भन्नेमा म पनि कन्फ्युज नै छु।

यसमा त संस्थापन इतरपक्षको पनि सहमति छ भन्ने सुनिन्छ नि?
यस विषयमा मलाई दु:ख लागेको छु। इतर पक्ष भनेको त पार्टीभित्रको प्रतिपक्ष हो नि। पार्टीभित्रको प्रतिपक्षले विधि, विधान भन्दै लडिराखेको, तर जब भागबन्डामा सहमति हुन्छ। विधि विधान मानेर आफ्नो भाग लिएपछि विधि विधान पनि नहेरी हिँड्ने भन्ने जस्तो भयो। इतर पक्षको पनि सहमति नै छ भन्ने मैले पनि सुनेँ। उहाँहरू सबै जनाको सहमति भएरै आएको हो समिति। 

Ncell 2
Ncell 2
nimb
nimb

इतर पक्षका केही विद्यार्थीहरूले समानान्तर समिति बनाउँछौँ भनेर चेतावनी दिइराखेका छन्। तपाईंको धारणा के छ? 
यो ठूलो समिति आयो। त्यसका बाबजुद पनि सक्षम साथीहरू पनि आउनु भएको छ। धेरै त नयाँ पुस्ताका साथीहरू आउनु भएको छ। उहाँहरूको लागि पनि मार्गप्रशस्त गरिदिनुपर्छ। हामीले हाम्रो पार्टीको बूढो पुस्तालाई तपाईंहरू बूढो हुनुभयो, तपाईहरूले अब राजीनामा गर्नुपर्छ, विश्व दाइ, गगन दाइको पुस्ताले नेतृत्व पाउनुपर्छ भनेर बोल्दै गर्दा मेरो पुस्ता पनि त उनीहरूको अगाडि पुरानो भइसक्यो नि।

केन्द्रीय सदस्यका लागि त एलिजा ढकाल असान्दर्भीक भइसक्यो। नयाँ पुस्ताका साथीहरू नेतृत्व लिन्छु भनेर आइसक्नु भएको छ। उहाँहरूलाई मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने लागेको हो।

राजीनामा गरिसकेपछिको प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ? 
राजीनामा पछिको प्रतिक्रिया राम्रो पनि छ। नराम्रो पनि छ। साथीहरूले अलि दिन बधाइ खाएर राजीनामा गरेको भए पनि हुन्थ्यो भन्नु पनि भएको छ। कहिलेकाहीँ असन्तुष्ट हुँदाहुँदै पनि त्यो जाहेर गर्न सही मौकाको लागि पर्खनपर्दाे रहेछ। हाम्रो ‘एनएसयू लेडिज’ भन्ने फेसबुक ग्रुप छ। त्यसमा थुप्रै दिदी-बहिनीहरूले असन्तुष्टि जाहेर गर्नु भएको छ। हामी नेविसंघको नेतृत्व गर्न किन सक्षम छैनौँ भनेर उहाँहरूले प्रश्न उठाइरहनु भएको छ। मैले चाहिँ प्रस्ताव पनि राखेको थिएँ। सामूहिक रुपमा राजीनामा दिएर जाऔँ। पार्टी नेतृत्वलाई पनि दबाब सिर्जना हुन्छ। मैले चाहिँ महिलाको उपस्थित कम हुँदा राजीनामा दिन्छु भनेर प्रष्ट भनेको थिएँ। मैले उहाँहरूको मागको प्रतिनिधित्व हुनेगरी राजीनामा गरेको हो।नयाँ पुस्तालाई प्रोत्साहन पनि गर्नुपर्छ।

Xtrem
Xtrem

तपाईको आकांक्षा पदाधिकारीमै हो? 
अहिले नेपाल विद्यार्थी संघको तदर्थ समिति भनेर छ। यो नेविसंघको महाधिवेशन गर्नको लागि बनेको समिति हो। तर अहिले भागबण्डामा केन्द्रीत भएर तदर्थ समिति आउँदै गर्दा यति ठूलो समितिले कसरी महाधिवेशन गर्न सक्छ? भन्ने कुरामै म प्रश्न उठाउन सक्छु। महाधिवेशन होला भन्नेमा मलाई विश्वास लागेको छैन। यदि भोलि नेविसंघको महाधिवेशन हुने स्थिति बन्छ भने त्यसको माहोल बनाउन मेरो तर्फबाट लगानी गर्छु। नेपाल विद्यार्थी संघको महाधिवेशन भयो भने चाहिँ म सभापतिकै दाबेदार हो।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू)
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्