काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्व गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई कारागारमै पुगेर भेट गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा थुनामा रहेका पूर्व गृहमन्त्री खाँणलाई बुधबार कोइरालाले भेटेका हुन्।
कारागार स्रोतका अनुसार बुधबार दिउँसो ३ बजेतिर कोइराला पूर्पक्षका लागि थुनामा रहेका खाणलाई भेट्न केन्द्रीय कारागार पुगेका थिए। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको कारागार स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।