काठमाडौं– ललिता निवास प्रकरणमा अनुसन्धानमा रहेका प्रतिवादीहरुलाई जिल्ला अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।
सीआईबीको हिरासतमा रहेकामध्ये दुई आरोपितलाई स्वास्थ्यको कारण देखाउँदै मुद्दासँगै पेस गर्नु भन्दै रिहा गर्न आदेशसमेत अदालतले दिएको छ। अन्यको हकमा भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको छ।
यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन्। उनीहरुसँगै पक्राउ परेका सञ्चार सचिव दिनेश राउत भने सर्वोच्चको आदेशले छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।